site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बोराभित्र मृत भेटिएकी महिलाको सनाखत
प्रतीकात्मक तस्बिर ।
Tiktok banner adTiktok banner ad

दमौली । तनहुँको व्यास नगरपालिका–४ स्थित चिहानडाँडानजिकको नालामा बोराभित्र मृत फेलापरेकी महिलाको सनाखत भएको छ ।

मंगलबार बिहान चिहानडाँडास्थित सुवर्ण कच्ची सडकको कुनामा ढलको पानीका लागि बिछ्याइएको ह्युमपाइपमा बोराभित्र मृत फेलापरेकी अन्दाजी २५–३० वर्षीया महिलाको सनाखत भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले मृतक महिला व्यास नगरपालिका–१४, छाब्दी निवासी रहेको जानकारी दिए ।

उक्त घटनामा प्रहरीले एकजनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । उनले भने, “लगभग सनाखत भएको छ, एकजनालाई अनुसन्धान गरिरहेका छौँ । पूरा विवरण आज दिउँसोसम्ममा सार्वजनिक गर्छौँ ।”

अनुसन्धान प्रक्रियाका कारण मृतक र पक्राउ परेका व्यक्तिको नाम अहिले सार्वजनिक नगरिएको प्रनाउ खाँणले बताए ।

बोराभित्र हात बाँधिएको अवस्थामा ती महिला मृतावस्थामा फेलापरेकी थिइन् । उक्त बाटो हिँड्डुल गर्ने स्थानीयवासीले गन्ध आएपछि प्रहरीलाई खबर गरेका थिए । रासस

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ ३१, २०८०  ०९:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro