site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
तीन सर्जकलाई मधुपर्क सम्मान

काठमाडौं । गोरखापत्र संस्थानको साहित्यिक मासिक पत्रिका मधुपर्कको ५६औँ वार्षिकोत्सवका अवसरमा तीन सर्जकलाई सम्मानित गरिएको छ ।

मंगलबार बिहान काठमाडौंमा आयोजित कार्यक्रममा प्रमुख अतिथि कवि बैरागी काइँलाले पद्यतर्फको ‘मधुपर्क सम्मान २०८०’ कवि कृष्णभक्त श्रेष्ठ, गद्यतर्फको ‘मधुपर्क सम्मान २०८०’ कथाकार पुष्कर लोहनी तथा ‘मधुपर्क प्रतिभा सम्मान २०८०’ कवि प्रभा भट्टराईलाई समर्पण गरे । उक्त सम्मानकासाथ नगद राशि ३५ हजार पनि प्रदान गरियो । 

स्वास्थ्यका कारण कवि श्रेष्ठ कार्यक्रममा उपस्थित हुन सकेनन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

प्रमुख अतिथि कवि काइँलाले मधुपर्कले थालेको स्रष्टा सम्मान परम्पराको प्रशंसा गर्दै कवि मोहन कोइराला, कृष्णभक्त श्रेष्ठ, द्वारिका श्रेष्ठहरूले काव्यकारितामा नयाँ धाराको प्रयोग सुरु गरेको सम्झना गरे ।

Madhupark1686641339.jpg

सम्बोधनका क्रममा कवि काइँलाले सर्जकलाई दिइने यस्ता पुरस्कारको रकममा कर काटन नहुनेमा जोड दिए । 

सम्मान चयन समितिका संयोजक साहित्यकार गणेश रसिकले आफ्नो युवाकालीन समय स्मरण गर्दै नयाँ सडकमा भेटिने कवि श्रेष्ठ र कथाकार लोहनीसँगको सम्बन्धबारे बोले ।  

समालोचक महेश पौडेलले सम्मानित सर्जकहरूको परिचय दिए ।

कार्यक्रममा गोरखापत्रका कार्यकारी अध्यक्ष विष्णु सुवेदीले आगामी वर्षदेखि पुरस्कार राशि ५० हजार प्रदान गरिने जानकारी गराए ।

सो अवसरमा सम्मानित व्यक्तित्वहरू पुष्कर लोहनी, प्रभा भट्टराई, गोपका महाप्रबन्धक लालबहादुर ऐरी, मधुपर्कका सम्पादक जयदेव भट्टराईले बोले ।

प्रकाशित मिति: मंगलबार, जेठ ३०, २०८०  १३:१४
प्रतिक्रिया दिनुहोस्