site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
प्रधानमन्त्री प्रचण्ड र बाबुरामविरुद्धको मुद्दा न्यायाधीश प्रधानको इजलासमा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईविरुद्धको मुद्दा न्यायाधीश सपना प्रधान मल्लको इजलासमा परेको छ । तत्कालीन अयोग्य लडाकु लेनिन विष्टसहितले दायर गरेको मुद्दाको सुनुवाइ आज न्यायाधीश प्रधानको इजलासमा परेको हो ।

तत्कालीन नेकपा माओवादीको नेतृत्वमा भएको १० वर्षे सशस्त्र द्वन्द्वमा भाग लिएका बालसेनालाई अयोग्य लडाकुका नाममा अपमान गरिएको भन्दै रिट दायर गरिएको थियो ।

Dabur Nepal
NIC Asia

अयोग्य लडाकु भनेर बिदा गरिएका मध्येका विष्टसहितले प्रधानमन्त्री प्रचण्ड र पूर्वप्रधानमन्त्री डा. भट्टराईलगायत व्यक्तिविरुद्ध दायर गरेको रिट गएको आइतबार सर्वोच्च अदालतमा दर्ता गरिएको थियो । उक्त मुद्दामा मंगलबार सुनुवाइ हुन लागेको हो ।

विष्टसहित बहिर्गमित जनमुक्ति सेनाका संस्थापक कृष्णप्रसाद दंगाललगायत व्यक्तिले प्रचण्ड र डा. भट्टराईका अतिरिक्त गृह मन्त्रालय, रक्षा मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रिय मानवअधिकार आयोगलगायत निकायलाई विपक्षी बनाएर मुद्दा दायर गरेका हुन् ।

उनीहरूले विस्तृत शान्ति सम्झौतापछिका साढे १६ वर्षसम्म न्याय नपाएको, बालसेनाको पहिचान समेत नभएको भन्दै पहिचान दिई परिपूरण क्षतिपूर्तिको माग गरेका छन् ।

उनीहरू यो मुद्दा लिएर यही जेठ १६ गते नै सर्वोच्च पुगेका थिए । तर, सर्वोच्च प्रशासनले दरपिठ गरिदिएको थियो । जेठ २६ मा न्यायाधीश डा. आनन्दमोहन भट्टराईको इजलासले दरपिठ खारेज गर्दै मुद्दा दर्ता गर्न आदेश दिएको थियो । सोही आदेशका आधारमा जेठ २८ गते दर्ता भएको मुद्दाको आज प्रारम्भिक सुनुवाइ हुन लागेको हो ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ ३०, २०८०  ११:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro