site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
आन्तरिक उत्पादनको संरक्षण गर्न उपभोग्य वस्तुमा कर लगाइयो : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले आन्तरिक उत्पादनलाई संरक्षण गर्न उपभोग्य वस्तुमा कर लगाइएको बताएका छन् । 

सोमबार प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री महतले आन्तरिक उत्पादनलाई संरक्षण गर्न कर उपभोग्य वस्तुमा कर लगाएको दाबी गरका हुन् ।

महतले पुँजीगत खर्च बढाउन कार्यतालिकासहित प्रभावकारी कार्यान्वयनको मोडालिटी बनाएको पनि बताए । उनले आफूले बनाएको कार्ययोजना अगाडि बढेमा राजस्व उठाउन कठिन नहुने जिकिर गरे । 

उनले संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमको विशेषताको कुरै नभएको र गलत प्रचार बढी भएको बताए । पूर्वाधार विकासमा सहयोग पुग्ने गरी ल्याइएको कार्यक्रम पुँजीगत खर्चअन्तर्गत नै भएको बताए ।

कतिपय पहाडी जिल्लामा अझै पनि आधारभूत सडक पूर्वाधार अपर्याप्त रहेकाले आवश्यकताका आधारमा सडक आयोजनामा विनियोजन बढाउनुपरेको महतको भनाइ छ ।

प्रकाशित मिति: सोमबार, जेठ २९, २०८०  १५:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro