site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
इप्पानको नयाँ नेतृत्वका लागि गणेश कार्कीको प्यानल घोषणा

काठमाडौं । स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)को नयाँ नेतृत्वका लागि गणेश कार्कीको प्यानल घोषणा गरिएको छ । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी प्यानल घोषणा गरिएको हो ।

अध्यक्षमा गणेश कार्की, वरिष्ठ उपाध्यक्षमा मोहनकुमार डाँगी, उपाध्यक्षहरूमा आशीष गर्ग, भरतबहादुर खत्री, रामप्रसाद आचार्य, आनन्द चौधरी र उत्तम ब्लोन लामाको उमेदवारी घोषणा गरिएको छ ।

Dabur Nepal
NIC Asia

यस्तै, महासचिवमा बलराम खतिवडा, उपमहासचिवमा प्रकाशचन्द्र दुलाल, सचिवहरूमा भरत खड्का, विक्रम विष्ट, कविता पोखरेल र भरत नेपाल छन् । कोषाध्यक्षमा नरेन्द्रवल्लभ पन्तको उमेदवारी घोषणा गरिएको छ ।

उमेदवारी घोषणा गर्दै अध्यक्ष पदका उमेदवार कार्कीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणपछि देश ऊर्जामय बनेको बताए ।

उनले सरकारले काम नगर्ने र लगानीकर्तालाई मारमा पार्ने काम भइरहेको गुनासो पनि गरे ।

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले देशको व्यापार घाटा कम गर्न जलविद्युत् क्षेत्रलाई व्यवस्थित र विस्तार गर्नुपर्नेमा जोड दिए ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ २९, २०८०  १५:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro