site stats
बाह्रखरी :: Baahrakhari
कला
‘परस्त्री’को हिन्दी डब नेपाली चलचित्र सरह नै नेपालमा रिलिज हुन्छ ? भुवन भन्छन्– निर्णयमा पुगिसकेका छैनौँ

काठमाडौं । हिन्दी भाषामा डब गरिएको चलचित्र ‘परस्त्री’ नेपालमा पनि रिलिज हुने निर्माण पक्षले जनाएको छ । असार १५ गते नेपाल र भारतमा एक साथ चलचित्र रिलिज हुँदै छ । 

हिन्दी भाषामा डब गरिएको चलचित्र पनि नेपाली सेवा सुविधा अन्तर्गत नै रिलिज हुने निर्माता शर्मिला पाण्डेको दाबी छ । “हामी आज (सोमबार) भर्खरै चलचित्र विकास बोर्डमा यही विषयमा छलफल गरेर फर्कियौँ,” निर्माता पाण्डेले बाह्रखरीसँग भनिन्, “प्रेम गीत–३ को हिन्दी डब जसरी नेपालमा रिलिज भएको थियो, त्यस्तै परस्त्री पनि नेपाली चलचित्रकै मान्यतामा रिलिज हुनेछ ।” 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यता, चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी भने निर्णय नभइसकको बताउँछन् । “उहाँहरू (परस्त्री निर्माण पक्ष)सँग कुरा भएको हो । उहाँहरूले छलफलमा आफ्ना कुरा राख्नु भएको छ,” भुवन बाह्रखरीसँग भन्छन्, “तर, हिन्दी डबलाई नेपाली सिनेमा सरह नै रिलिज गर्ने वा नगर्ने छलफलपछि मात्रै निष्कर्षमा पुग्ने छौँ ।” 

‘प्रेम गीत–३’को नजिरका आधारमा पनि ‘परस्त्री’को हिन्दी डबले नेपाली सरह नै मामन्यता पाउनु पर्ने निर्माण पक्षले जिकिर गरेको छ । 

‘परस्त्री’ सुरज पाण्डेको निर्देशनमा तयार भएको हो । दीपेन्द्र के खनालको लेखन रहेको सिनेमामा कोसिस क्षेत्री, शिल्पा मास्के, गौरव बिष्ट, एलिसा क्षेत्री, अशान्त शर्मा, गीत विष्ट, रामबाबु रेग्मी, सरस्वती अधिकारी, अर्पित न्यौपानेलगायत कलाकारको अभिनय छ ।

‘परस्त्री’को हिन्दी डब ट्रेलर सार्वजनिक

 

प्रकाशित मिति: सोमबार, जेठ २९, २०८०  १४:३७
प्रतिक्रिया दिनुहोस्