site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
संसद् क्षेत्र पूर्वाधार विकास कार्यक्रमको गलत प्रचार गरियो : अर्थमन्त्री
Sarbottam CementSarbottam Cement

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले संसद् क्षेत्र पूर्वाधार विकास कार्यक्रमको गलत प्रचार गरिएको बताएका छन् ।

प्रतिनिधिसभा बैठकमा सोमबार बजेटमाथिका प्रश्नहरूको जवाफ दिँदै उनले बजेटका विशेषतालाई लुकाउन संसद् क्षेत्र पूर्वाधार विकास कार्यक्रमको गलत रूपमा प्रचार गरिएको टिप्पणी गरे ।

उनले भने, “संसद् क्षेत्र पूर्वाधार विकास कार्यक्रमको कुरा आएको छ । बाहिर प्रचार कसरी भयो भने, यो बजेटको विशेषता छन् – ती विशेषतामा केन्द्रित हुने भन्दा पनि यो बजेटको महत्त्वलाई कम गरेर देखाउने हिसाबले संसद् क्षेत्र पूर्वाधार विकास कार्यक्रमलाई कोष, कोष भनियो,” उनले भने, “यो सांसदहरूले आफ्नो खल्तीमा राख्नको लागि विनियोजित गरेको हो भनेर प्रस्तुत भयो । तर, त्यो होइन”

Prabhu Bank
Agni Group
NIC Asia

यो वास्तवमा संसद् क्षेत्र पूर्वाधार विकास कार्यक्रम रहेको उनले स्पष्ट पारे । “अहिले बजेटका जुन सीमितता छ, भौतिक पूर्वाधार क्षेत्रमा धेरै ठूलो माग छ । सडकमा झन् यति धेरैमा माग छ कि माननीयज्यूहरूको क्षेत्रमा बजेट न्यून पुग्यो भनेर बेखुसी हुनुहुन्छ,” उनले भने, “बजेट छुट्यो, कम भयो भने पनि संसद् क्षेत्र पूर्वाधार विकास कार्यक्रमले सहयोग गर्छ भनेर ल्याएका हौँ ।”

उनले यो कार्यक्रमका लागि छुट्ट्याएको पाँच करोड रुपैयाँ पुँजीगत खर्च नै भएको बताए । “त्यो सत्तापक्ष र कांग्रेसकाले पनि भनिरहनुभएको छ, विपक्षीको त राम्रो भए पनि नराम्रो भयो भन्ने कर्तव्य हो,” उनले भने, “यो पुँजीगत खर्च नै हो । सांसदहरूको खल्तीमा जाने विषयवस्तु नै होइन । यसमा प्रतिरक्षात्मक हुने कारण नै देखिँदैन ।”

Global Ime bank

एक सांसदले आफ्नो क्षेत्रमा पाँच करोडमध्ये कम्तीमा पाँच शीर्षकमा योजना छान्न सक्ने गरी बजेट विनियोजन गरिएको उनले उल्लेख गरे ।

सांसदको काम योजना छनोट गर्ने मात्र भएको उनले बताए । यो योजनाको ठेक्का पनि सम्बन्धित मन्त्रालयले लगाउने उनले स्पष्ट पारे ।

“त्यो ठेक्का लाग्छ । त्यो ठेक्का माननीयले लगाउने पनि होइन । त्यो ठेक्का सम्बन्धित मन्त्रालयले लगाउँछ,” उनले भने “जनताको अपेक्षा माननीय (सांसद)को छ, माननीयलाई ल मेकर्सको रूपमा मात्र चिन्दैनन् ।”

यो कार्यक्रम पहिलेभन्दा परिमार्जन भएर आएको उनले जिकिर गरे ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ २९, २०८०  १४:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय