site stats
बाह्रखरी :: Baahrakhari
विदेश
रुसविरुद्ध युक्रेनको ‘काउन्टर अफेन्सिभ’

काठमाडौं । युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले रुसविरुद्धको प्रत्याक्रमण (काउन्टर अफेन्सिभ) सुरु भएको पुष्टि गरेका छन् । प्रत्याक्रमण र रक्षात्मक कार्य भइरहे पनि उनले यसबारेमा थप विवरण खुलाएका थिएनन् ।

युक्रेनी सेनाले पूर्वमा बाख्मुटनजिक र दक्षिणमा जापोरिज्जियानजिकबाट अगाडि बढेर रुसी सेनामाथि लामो दूरीको हमला गरेको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

युक्रेनी आक्रमणका विषयमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार प्रकाशित एक भिडियो अन्तर्वार्तामा भनेका छन्, “हामी निश्चित रूपमा भन्न सक्छौँ कि युक्रेनी आक्रमण सुरु भएको छ ।”

शनिबार क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोसँगको वार्तापछि किभमा जेलेन्स्कीले रुसी नेता पुटिनको भनाइ ‘उत्सुकताजनक’ भएको बताए ।

उनले रुसले सधैँ आफू अब धेरै बाँकी नरहेको महसुस गर्ने गरेको टिप्पणी गरेका गरे ।

युक्रेनले लामो समयदेखि पश्चिमी मुलुकहरूले दिएको हतियार र सैन्य तालिमपछि रुसविरुद्ध आक्रमण थाल्ने योजना बनाएको थियो । यो आक्रमण रुसले युक्रेनबाट कब्जा गरेका चार क्षेत्र दोनेट्स्क, खेरसन, लुहान्स्क र जापोरिज्जिया फिर्ता ल्याउनका लागि भएको युक्रेनी भनाइ छ । बीबीसीबाट ।

प्रकाशित मिति: शनिबार, जेठ २७, २०८०  २०:५९
प्रतिक्रिया दिनुहोस्