site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
आफ्नै ‘रेकर्ड ब्रेक’ गर्दै नवलपुरको तापक्रम पुग्यो ४४ डिग्री
प्रतीकात्मक तस्बिर।
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

नवलपुर । दुई दिनअघि नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरमा मापन भएको देशकै सबैभन्दा बढी तापक्रम आज पुनः ‘ब्रेक’ भएको छ ।

जल तथा मौसम विज्ञान विभागले आज सार्वजनिक गरेको पछिल्लो २४ घण्टाको मौसमको विवरणअनुसार नवलपुरको दुम्कौलीमा तापक्रम ४४ डिग्री सेल्सियस मापन गरिएको हो । यसअघि जेठ २४ गते दुम्कौलीमा अधिकतम तापक्रम ४३ दशमलव आठ डिग्री सेल्सियस मापन गरिएको थियो ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

जेठ २४ र २५ गते स्थिर रहेको यहाँको तापक्रम बढेर पुनः देशकै सबैभन्दा बढी मापन गरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागको हावापानी विज्ञान महाशाखारहावापानी विश्लेषण शाखाका अनुसार देशभरका विभिन्न ८३ ठाउँको तापक्रम मापन गरिएको छ ।

विभागका अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न २२ स्थानमा ४० डिग्रीभन्दा बढी तापक्रम मापन गरिएको छ । मापन गरिएकामध्ये २३ स्थानको तापक्रम ३५ देखि ४० डिग्री, २९ स्थानमा ३० देखि ३५ डिग्री सेल्सियस तापक्रम मापन भएको विभागले सार्वजनिक गरेको विवरणमा उल्लेख गरिएको छ ।

Royal Enfield Island Ad

विभागका विभिन्न २७२ केन्द्रमध्ये ४० वटा केन्द्रले वर्षा मापन गरेको जनाइएको छ । पछिल्लो २४ घण्टामा झापाको अनारमनी बिर्ता केन्द्रमा सबैभन्दा बढी ६३ दशमलव दुई मिलिमिटर वर्षा मापन गरिएको विभागको विवरणमा उल्लेख छ ।

चालीस मिलमिटरभन्दा बढी वर्षा मापन एक स्थानमा, २५ मिलिमिटरभन्दा बढी वर्षा चार स्थान तथा १० मिलिमिटरभन्दा बढी वर्षा सात स्थानमा मापन गरिएको विभागले जनाएको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ २६, २०८०  २३:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro