site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
नबिल बैंक र ल्याण्डमार्क होटेलबीच छुट दिने सम्झौता 

काठमाडौं । नबिल बैंक र ल्याण्डमार्क होटेल एण्ड रिसोर्टबीच सम्झौता भएको छ ।

उक्त सम्झौताअनुसार नबिल बैंकका ग्राहकहरूले ल्याण्डमार्क होटेल एण्ड रिसोर्टद्वारा सञ्चालित काठमाडौं, चितवन तथा पोखराका होटेलहरूमा खाना तथा पेय पदार्थमा १० प्रतिशत छुट दिने सम्झौता भएको हो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यस्तै, होटेल तथा रिसोर्टको आवास सुविधामा १५ प्रतिशत छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

ग्राहकवर्गले नबिल बैंकको चेक, डेबिट कार्ड, क्रेडिट कार्ड तथा अन्य डिजिटल माध्यमद्वारा भुक्तानी गर्दा उक्त सुविधा प्राप्त गर्न सक्नेछन् । हालसम्म नबिल बैंकले २५५ शाखामार्फत बैकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।
 

प्रकाशित मिति: शुक्रबार, जेठ २६, २०८०  १८:२९
प्रतिक्रिया दिनुहोस्