site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
च्याम्पियन्स लिग फाइनलका तीन पक्ष : हाल्यान्ड, मिडफिल्ड ‘ब्याटल’ र इन्टरको काउन्टर 
Sarbottam CementSarbottam Cement

काठमाडौं । टर्कीको सहर इस्तानबुलमा हुने यूईएफए च्याम्पियन्स लिगको फाइनलमा इंग्लिस क्लब म्यानचेस्टर सिटी र इटालियन क्लब इन्टर मिलानबीच प्रतिस्पर्धा हुँदै छ । फाइनल हेर्न रोचक रहने तीन पक्ष यस्ता हुनेछन् :

‘डेब्यु’ सिजनमै ५२ गोल गरेका हाल्यान्डलाई कसरी रोक्ने ?
इंग्ल्यान्डमा ‘डेब्यु’ सिजनमै एर्लिङ हाल्यान्डले सिटीका लागि सबैखाले प्रतियोगितामा गरी ५२ गोल गरेका छन् । ऐतिहासिक ‘टे«बल’ को नजिक रहँदा सिटीका लागि हाल्यान्डले च्याम्पियन्स लिगमा मात्र १२ गोल गरेका छन् ।

पेप ग्वार्डिओलाको रणनीतिमा उनी कसरी फिट हुनेछन् भन्ने प्रश्न चिन्हको बावजुद हाल्यान्डले घातक ‘टार्गेट म्यान’ का रूपमा खेल्न र सिटीका मिडफिल्डरहरूलाई बिल्ड–अप प्लेमा समावेश गर्न र आफू पछाडि रहेर पनि उनीहरूलाई गोलमा अग्रसर गराउन निपुण सावित भएका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

haland1686303258.png

हाल्यान्डलाई शान्त राख्ने जिम्मेवारी इन्टरका रक्षक फ्रान्सेस्को असेर्बीमाथि हुनेछ । रोक्ने लक्ष्य र नरोकिने उदेश्य रहने यी दुईको यो हेर्नलायक ‘युद्ध’ मात्र नभई एक पुस्ता नै फरक रहेको दुईबीचको रोचक घम्साघम्सी पनि हुनेछ । हाल्यान्ड २२ वर्षमा हिडिरहँदा असेर्बीको उमेरले ३५ छोइसकेको छ ।

Global Ime bank

इन्टरले हाल्यान्डलाई रोक्न सेमिफाइनलको पहिलो लेगमा रियाल मड्रिडका एन्टोनियो रुडिगरले हाल्यान्डलाई कसरी ‘बाधेर’ राखेका थिए । आफ्नो सहकर्मीलाई अफ्ठ्यारो हुँदा डेविड अलाबा कसरी सहयोगमा आएको थिए भन्ने कुराबाहेक अन्य कुरामा ध्यान दिन आवश्यक छैन ।

हाल्यान्डलाई रोक्ने हो भने इन्टरको रक्षापंक्तिका तीन वटै रक्षकले एक–अर्कालाई सहयोग गर्न आवश्यक छ । र, सिमोन इन्जाघीले आफ्ना मिडफिल्डरलाई तल झर्न र सिटीले हाल्यान्डका लागि सिर्जना गर्नसक्ने सम्भावित ‘स्पेस’ नदिन निर्देशन दिन सक्छन् ।

मिडफिल्ड ब्याटल : डी ब्रुयना भर्सेस ब्रोजोभिच
सिटीले एफए कपको उपाधि जित्दा सायद इल्काई गुन्डोगानले नै गोलका लागि सबै तारिफ पाएका होलान् । तर, यस सिजन १० गोल र आश्चर्यजनक ३१ एसिस्ट गरेका मिडफिल्डर केभिन डी ब्रुयना नै इन्टरको रक्षापंक्तिलाई भंग गर्नसक्ने कुरामा कुनै दुईमत छैन । 

de bruyna1686303258.png

इन्जाघीले एक सफल टिममा फर्कन इन्टरको असफल हाई–प्रेस प्रयोगलाई खारेज गरेका छन् । उनले आफ्नो पाँच मिडफिल्ड लाइनलाई सेन्टर ब्याकको नजिक राख्दै काउन्टर अट्याकको शैली अपनाएका छन् ।

इन्जाघीको यो परिवर्तनले इन्टरलाई लाभांश पनि दिएको छ । इन्टरले सबैखाले प्रतियोगितामा गरी पछिल्लो १२ खेलमध्ये ११ खेलमा जित निकालेको छ । तर, डी ब्रुयनाले मिडफिल्डका सबै क्षेत्रलाई साँघुरो बनाउन खोज्दा इन्टरको यो रणनीतिको वास्तविक परीक्षा हुनेछ । 

यो त्यहीँ अवस्था हो, जहाँ इन्टरका मिडफिल्डर मार्सेलो ब्रोचोभिच महत्वपूर्ण बन्न सक्नेछन् । उनी खेल नियन्त्रणमा राख्न डी ब्रुयनाको प्रयास असफल बनाउन मात्र नभई सिटीको सम्भावित ‘हाई प्रेस’ बाट बचाउने इन्टरको मुख्य हतियार बन्न सक्नेछन् ।

के इन्टरको आक्रामण प्रभावकारी बन्नेछ ?
उपाधि दाबेदार सिटीले यस सिजन च्याम्पियन्स लिगमा ६० प्रतिशत पोसेसन राखेको छ । जुन इन्जाघीको टिमसँग पनि कायम रहने देखिन्छ । किनभने इन्टर काउन्टर अट्याकमा घातक देखिएको छ ।

यस सिजन इन्टरका अट्याकमा इडेन जेको र लौटारो मार्टिनेजको जोडी राम्रैसँग जमेको छ । यस सिजन सबैखाले प्रतियोगितामा गरी २८ गोल गरेका मार्टिनेजमा पक्कै पनि च्याम्पियन्स लिगको फाइनलमा गोलसहित च्याम्पियन बन्ने भोक छ । 

inter1686303262.jpg

सिटीका पूर्वखेलाडी समेत रहेका बोस्नियाका जेकोले इंग्लिस क्लबलाई दुई प्रिमियर लिग र एक एफए कपको उपाधि दिलाउन सहयोग गरेका थिए । तर, उनीअघि सिटीका रक्षक रुबेन डियास रहनेछन् ।

जेकोलाई ‘मार्क’ गर्नमा नै सेन्टर ब्याक व्यस्त रहँदा अर्जेन्टिनाका मार्टिनेज चतुर सेकेन्ड स्ट्राइकर बन्न सक्छन् । जोन स्टोन्स सिटीबाट आफ्नो नयाँ डिफेन्सिभ मिडफिल्ड भूमिकामा चम्किएका छन् । तर, मार्टिनेजले स्टोन्सका लागि चीजहरू कठिन बनाउने मात्र नभई, निकोलो बरेला पनि उनको लागि टाउको दुखाई बन्न सक्नेछन् ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ २६, २०८०  १५:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement