site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
ट्रम्पमाथि गोप्य कागजातको मुद्दामा सात अभियोग, मंगलबार गिरफ्तार गरिँदै

काठमाडौं । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि ह्वाइट हाउस छाडेपछि गोप्य कागजातको व्यवस्थापनका विषयमा विभिन्न अभियोग लगाइएको छ ।

७६ वर्षीय ट्रम्पमाथि अनधिकृत रूपमा अमेरिकी सरकारका गोप्य फाइलहरू राख्नेलगायत सात अभियोग लगाइएको बताइएको छ । तर, यी अभियोग सार्वजनिक गरिएको छैन ।

ट्रम्पमाथि लगाइएको यो दोस्रो अभियोग हो । पूर्वराष्ट्रपतिमाथि लगाइएको पहिलो संघीय अभियोग पनि हो । केही महिनाअघि सरकारी अधिकारीले छापा मार्दा ट्रम्पको निजी निवास मार ए लागोमा केही गोप्य कागजातहरू फेलापरेका थिए ।

सन् २०२४ को राष्ट्रपतीय निर्वाचन लड्दै ट्रम्प ह्वाइट हाउस फर्कने प्रयासमा छन् । कानुनविज्ञले अभियोग लाग्दैमा ट्रम्प राष्ट्रपतिको चुनाव लड्न असक्षम नहुने बताएका छन् ।

आफ्नो सामाजिक सञ्जाल प्लेटर्फम ट्रुथ सोसलमा बिहीबार ट्रम्पले पोस्ट गर्दै आफू निर्दोष रहेको र फ्लोरिडाको मियामीस्थित संघीय अदालतमा मंगलबार दिउँसो हाजिर हुन बोलाइएको बताएका छन् । ट्रम्पलाई त्यहाँ गिरफ्तार गरी उनीविरुद्धका आरोपमाथि सुनुवाइ गरिनेछ ।

“अमेरिकाका पूर्वराष्ट्रपतिमाथि यस्तो घटना हुनसक्छ भन्ने मैले कहिल्यै सोचेको थिइनँ,” ट्रम्पले लेखेका छन्, “यो वास्तवमा संयुक्त राज्य अमेरिकाको लागि कालो दिन हो । हामी गम्भीर र द्रुत पतनमा रहेको देश हौँ । तर, हामी मिलेर अमेरिकालाई फेरि महान् बनाउनेछौँ ।”

ट्रम्पका वकिल जिम ट्रस्टीले मंगलबार अदालतमा बोलाइएको कागजपत्रमा आरोपहरू पनि समावेश गरिएको बताएका छन् । षड्यन्त्र, झुटो बयान, न्यायमा बाधा पु¥याउने र जासुसी ऐनअन्तर्गत गैरकानुनी रूपमा गोप्य कागजातहरू राखेको जस्ता आरोपहरू रहेको उनले बताएका छन् ।

अमेरिकी गोप्य सेवाले ट्रम्पका कर्मचारी र उनका सुरक्षा अधिकारीलाई भेटेर मियामी अदालतको यात्राको योजना बनाउने बताइएको छ ।

ट्रम्पमाथि सन् २०२० को राष्ट्रपतीय निर्वाचनको नतिजा उल्टाउने प्रयासमा समेत मुद्दा लगाइएको थियो । गएको अप्रिलमा एक पोर्नस्टारलाई जानकारी नचुहाउन रकम भुक्तानी गरेको विषयमा समेत ट्रम्पमाथि ३४ आरोप लगाइएको छ । यो मुद्दामा आउँदो वर्ष न्युयोर्कमा सुनुवाई हुने भएको छ । बीबीसीबाट ।

प्रकाशित मिति: शुक्रबार, जेठ २६, २०८०  १०:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro