site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नक्कली भुटानी शरणार्थी प्रकरण : आज टोपबहादुर रायमाझीको तर्फबाट बहस हुने
फाइल तस्बिर
SkywellSkywell

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौं जिल्ला अदालतमा भइरहेको थुनछेक बहसमा आज पूर्वउपप्रधानमन्त्री एवं सांसद टोपबहादुर रायमाझीको तर्फबाट बहस हुने भएको छ । 

आइतबारबाट सुरु भएको थुनछेक बहसमा मंगलबारसम्म आठ सरकारी वकिलले बहस गरेका थिए । उनीहरूले प्रत्येक प्रतिवादीलाई पूर्पक्षका लागि थुनामा राख्नु पर्ने माग गर्दै बहस गरेका छन् । उनीहरूको बहस सकिएसँगै बुधवारबाट अभियुक्तहरूको बसह सुरु भएको हो । 
 
अभियुक्तहरूको तर्फबाट आज थुनछेक बहसको तेस्रो दिन हो । हालसम्म ६ अभियुक्तको तर्फबाट बहस सकिएको छ । अभियुक्तहरु केशव दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, टंक गुरुङ र ईन्द्रजीत राईको बहस सकिएको हो । 

KFC Island Ad
NIC Asia

'शरणार्थी प्रकरणको जाहेरी नै गैरकानुनी हो, मुद्दा चलाउन मिल्दैन'

अभियोगपत्रको क्रमअनुसार सुरु भएको बहसमा अब  टोपबहादुर  र उनका  छोरा सन्दीप रायमाझी रहेको पालो छ । पूर्वउपप्रधानमन्त्री रायमाझी र उनका छोराको प्रतिरक्षामा पूर्वमहान्यायाधिवक्ता एवं वरिष्ठ अधिवक्ता रमेश बडालसहितको टोलीले बहस गर्नेछ ।
 
टोपबहादुरले सहभियुक्त सानु भण्डारीबाट नेपाली नागरिकलाई भुटानी शरर्णार्थी बनाई अमेरिका पठाउन १ करोड ६० लाख लिएको अभियोगपत्रमा दाबी छ । त्यस्तै भण्डारीबाटै उनका छोरा सन्दीपले ४० लाख लिइको दाबी गरिएको छ । 

Royal Enfield Island Ad

उनीहरूसहित ३० जनाविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयले ठगी, किर्ते, राज्यविरुद्धको अपराध, एकीकृत कसुर र संगठित अपराधमा मुद्दा दर्ता गराएको हो ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ २६, २०८०  ०७:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro