site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
विद्युतीय सवारीसाधनको भन्सार पूर्ण रूपमा निःशुल्क गर्नुपर्छ : अध्यक्ष लिङदेन
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले विद्युतीय सवारीसाधनको भन्सार पूर्ण रूपमा निःशुल्क गर्नुपर्ने बताएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा उनले यस्तो बताएका हुन् ।

उनले आर्थिक वर्ष २०८०/८१ को बजेटमा राजस्व असुलीको लक्ष्य प्राप्ति हुन नसक्ने देखिएको पनि बताए । बजेट अनुमान, अनुदान र ऋणमा आधारित रहेको उनले टिप्पणी गरे । करको दर र दायरा जथाभावी रूपमा बढाउने काम गरिएको उनको भनाइ छ ।

मल कारखाना खोल्ने र हाइड्रोजन उत्पादन गर्ने विषयलाई प्राथमिकता नदिएर विगतदेखिका प्रधानमन्त्रीहरूले भारतलाई नदीनाला बेच्न मात्र ध्यान दिएको जिकिर उनले गरे ।

“मल कारखानको कुरा पनि हरायो । हाइड्रोजन उत्पादनको कुरा पनि हरायो । हामी खालि बिजुली कसरी भारतलाई जिम्मा लगाउने, त्यो पनि उत्पादन गरेको बिजुली जिम्मा लगाउने होइन, खोलानाला नै लाउने । शेरबहादुर देउवा प्रधानमन्त्री हुनुभएको बेला पश्चिम सेती के–के बुझाउनुभयो,” उनले भने, “अहिले फुकोट कर्णाली, अरुण तल्लो । हामीले भारतलाई विद्युत् उत्पादन गर्न यी खोलाहरू जिम्मा दियौँ, यो सम्झौता गर्‍यौँ भन्नेमा जहिले पनि हामी गौरव गर्छौँ । हामी आफैँ उत्पादन गर्ने भयौँ, हाम्रै पैसाले गर्ने भयौँ, वैदेशिक रोजगारमा भएका युवाहरूको पैसाले गर्ने भयौँ, हाम्रो गैरआवासीय नेपालीहरूबाट गर्ने भयौँ र त्यसतर्फ विकल्प खोज्यौँ भन्नेतर्फ हाम्रो ध्यान गएन । भारतले लगानी गरेन भने हाम्रोमा बिजुली उत्पादन नै हुँदैन, उत्पादन भयो भने पनि खर्च गर्ने ठाउँ हुँदैन भन्छौँ । हामी किन मल कारखाना स्थापना गर्दैनौँ ? किन हाइड्रोजनतर्फ जाने आँट गर्दैनौँ ?”

उनले वंशजका आधारमा नेपाली नागरिकता पाउनुपर्छ भन्ने पक्षमा राप्रपा रहेको स्पष्ट पारे । विदेशीले नागरिकता लिएको विषयमा भने छानबिन हुनुपर्ने उनको भनाइ छ ।

उनले कपास विकास समिति र दुग्ध विकास बोर्ड खारेजीको निर्णयप्रति विरोध समेत जनाए ।

प्रकाशित मिति: बिहीबार, जेठ २५, २०८०  १४:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro