site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सांसदहरूको चासो– गर्मीले लू लाग्ने अवस्था आयो, सरकार के गर्दै छ ?

काठमाडौं । प्रतिनिधिसभा बैठकमा सांसदहरूले बढ्दो गर्मीले जनजीवनमा परेको असरदेखि काठमाडौं उपत्यकामा भूमिगत पानी पुनर्भरणलगायत विषय उठाएका छन् ।

बिहीबार शून्य समयमा सांसद तेजुलाल चौधरीले दिन प्रतिदिन ४० डिग्री सेल्सियसभन्दा माथि तापक्रम पुगेको भन्दै तराईका विद्यार्थीहरू समस्यामा परेको बताए ।

उनले तराईका अधिकांश जिल्लामा जस्तापाताले विद्यालयको छाना बनाइएको भन्दै त्यसलाई प्रतिस्थापन गरेर छाना ढलान गर्न माग गरे । उनले ढलान नभएसम्म त्यहाँ फ्यानको व्यवस्था गर्न माग गरे ।

Dabur Nepal
NIC Asia

सांसद धवलशमशेर राणाले गर्मीमा लोडसेडिङ हुँदा नेपालगन्जका जनतालाई बस्न गाह्रो भएको भन्दै त्यसतर्फ ध्यान दिन आग्रह गरे । नेपालगन्ज कारागारमा कैदीहरूलाई कोचेर राखेको भन्दै उनले त्यहीँ भएको क्षेत्रीय कारागार सञ्चालनमा ल्याएर समस्या समाधान गर्न आग्रह गरे ।

सांसद निर्मला कोइरालाले तराईका जिल्लाहरूमा ४४ डिग्री सेल्सियसभन्दा बढी गर्मी हुँदा विद्युत् आपूर्ति किन असहज भयो भन्दै प्रश्न गरिन् । उनले जनतामा लू लाग्ने सम्भावना बढी भएको र हिँड्दा हिँड्दै ढल्ने अवस्था आएको बताइन् । पानीको मुहान पनि सुकेको भन्दै उनले त्यसतर्फ सरकारको ध्यानाकर्षण गराइन् ।

सांसद प्रदीप पौडेलले गर्मीले तराईका जनतामा लू लाग्ने खतरा बढेको भन्दै सरकारले के गरिरहेको छ भनी प्रश्न गरे । विद्यालय बन्द गरिएको, पानीको मुहान सुकेकोे भन्दै उनले यो समस्याको तत्कालीन र दीर्घकालीन समाधानका लागि सरकारले के गर्दै छ भनी प्रश्न गरे ।

सांसद दिलेन्द्रप्रसाद बडूले देशभर ३५ भन्दा बढी जिल्लामा पशुचौपायामा लम्की स्किन रोग महामारीका रूपमा फैलिएको भन्दै रोकथामका लागि आग्रह गरे ।

सांसद डीपी अर्यालले काठमाडौं उपत्यकामा भूमिगत पानी तान्ने काम मापदण्डभन्दा विपरीत भइरहेको भन्दै यसलाई पुनर्भरण गर्न माग गरे । हाल दैनिक १३ करोड बढी पानी तान्ने काम भइरहेको भन्दै उनले जति पानी निकाले पनि २० हजार रुपैयाँ तिर्नुपर्ने अवैज्ञानिक मापदण्डमा पुनर्विचार गर्न आग्रह गरे ।

सांसद तारा लामा तामाङले कञ्चनपुरमा छोटी भन्सार कार्यालय बन्न नसक्दा राजस्व चुहावट भइरहको भन्दै यसतर्फ ध्यानाकर्षण गराए ।

सांसद दामोदर पौडेल ‘बैरागी’ले संघीय निजामती ऐन संसद्को यसै अधिवेशनबाट ल्याउन माग गरे ।

सांसद दामोदर भण्डारीले बैतडीमा अस्पतालको समस्या उठाए ।

सांसद निशा डाँगीले वाग्मती सरसरफाइको विषयमा प्रश्न उठाइन् । त्यसका लागि हरेक वर्ष दुई अर्ब रुपैयाभन्दा बढी लगानी भइरहेको भन्दै उनले सहरको यो दुर्दशा कहिले अन्त्य हुन्छ भन्दै प्रश्न गरिन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ २५, २०८०  ११:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro