site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
संसद्‍मा ‘मर्यादा’ भेटिनै छोड्यो
SkywellSkywell

पछिल्लो समय सभामुखदेखि सत्तापक्ष र प्रतिपक्षबीचका सम्बन्ध र संवाद शैलीले संसद् विधिविहिन थलो जस्तो देखिँदै छ । सांसदले सभामुखकै भूमिकामा प्रश्न उठाउने, सभामुखलाई कुनै दलसँग जोडेर व्यवहार गर्ने, संसद्मा प्रधानमन्त्री बोलिरहँदा होहल्ला गर्नेदेखि आकर्षित नै नहुने नियमापत्ति गर्ने अभ्यास चलिरहेको छ । झन् गम्भीर विषयमा उठाएका प्रश्नसमेत रेकर्डबाटै हटाउने अभ्यासले ‘महामारी’को रूप नै लिएको छ ।

नीति तथा कार्यक्रममा सांसदले उठाएको ‘भ्रष्टाचार’को विषय रेकर्डबाट हटाउने होस् वा ‘भैँसी चढेर प्रधानमन्त्री भारतबाट आएको’ रेकर्डबाट हटाउने होस्; रेकर्डबाट हटाउने विषय अहिले संसद्को नियमित प्रक्रियाजस्तै बनेको छ ।

यस्तो अवस्थामा संसद्को मर्यादा कसरी राख्ने, संसदीय अभ्यासलाई मर्यादित बनाउन क–कसको भूमिका हुन्छ ? यस्तै विषयमा हामीले पूर्वसभामुख दमनाथ ढुंगानासँग कुराकानी गरेका छौँ । प्रस्तुत छ, ढुंगानासँग बाह्रखरीका रमेश वाग्लेले गरेको संक्षिप्त संवाद ।

KFC Island Ad
NIC Asia

संसदीय मर्यादा भनेको के हो ? अहिले संसदीय मर्यादाको पालना कत्तिको भइरहेको छ ? 
जनप्रतिनिधिले राख्ने मर्यादा नै संसदीय मर्यादा हो । संसदीय अभ्यासमा  नियम, नीति र परम्परा भन्दा पनि जतिबेला संसद्को जस्तो संरचना हुन्छ, जस्ता मानिसले प्रतिनिधित्व गरेका हुन्छन्, तिनैले मर्यादा राख्ने हो । अहिले दलहरूको बीचमा सत्ता संघर्षले गर्दा त्यो मर्यादा भंग भइराखेको देखिन्छ ।

यसले सभामुखजीलाई पनि धेरै गाह्रो परिरहेको देख्छु । सत्तापक्ष र प्रतिपक्ष्पको यस्तो सम्बन्धले सदन चलाउन बडा गाह्रो हुन्छ । 

Royal Enfield Island Ad

संसद्मा सभामुखको भूमिका कस्तो हुनुपर्छ ? 
सभामुख भनेको कतिपय अवस्थामा हाउसबाट गाइडेड हुने होइन, हाउसलाई सही बाटोमा गाइड गर्ने नेता हो । पछिल्लो समयमा संसद्को रेकर्डबाट हटाउने कुरा भनेर जो आइरहेको छ, यो अति भइसकेको छ । एकप्रकारले 'भोर जुवा' जस्तो भइसकेको छ । आज भैँसी पनि हटाइयो होइन ? भोलि संसद् नै हटाउनु भनिदेला एउटाले, हटाइदिने ? 

त्यसकारण मैले यसलाई 'भोर जुवा'को रूपमा लिएको छु । यो अनुशासन र मर्यादा भंगको एउटा चरम अवस्थामा उक्लँदै छ । 

प्रधानमन्त्री बोलेकै समयमा संसद्मा भएको होहल्लालाई कसरी लिने ? 
सामान्यतया प्रधानमन्त्री बोलेको समयमा प्रश्न टिपाइसकेपछि थप प्रश्न गर्ने होइन । तर, कतिपय अवस्थामा प्रधानमन्त्री बोलेकै समयमा होहल्ला, नियमापत्ति हुन्छ, ढ्याङढुङ हुन्छ, विरोध गर्छन् । सबै कुरा हुन्छ । 

रुलिङ गर्ने/नगर्ने त्यहाँको अवस्था अनुसार सभामुखलाई जस्तो लाग्छ, त्यसैअनुसार हुन्छ । त्यो ठूलो कुरा होइन । तर, मुल कुरा संसद्को मर्यादा भन्ने नै कतै देखा परेन अहिले त । 

प्रधानमन्त्रीले बोलिसकेपछि प्रतिपक्षी दलको नेताले बोल्ने अभ्यास कस्तो हो ? 
प्रतिपक्षको नेतालाई कुनै समय तोकिदिएको हुँदैन । बोल्छु भन्यो भने सबैभन्दा प्राथमिकता नै प्रमुख प्रतिपक्षी दलको नेतालाई हुन्छ । तर, कुन समयमा बोल्ने भनेर प्रतिपक्षी दलको नेता स्वयम्ले सोच्ने कुरा हो । 

सभामुख हुँदा मैले मनमोहन अधिकारीजीका लागि कहिल्यै समय तोकिनँ । उहाँको तर्फबाट कसैले बोल्यो भने पनि उपयुक्त समय दिने गरेको थिएँ । संसद्को समय प्रतिपक्षकै हो । 

प्रश्नोत्तरको समयमाबाहेक साधारणतया प्रधानमन्त्रीलाई प्रतिप्रश्न गरिँदैन । उहाँको विशेष सम्बोधनमा कार्यसूचीमा रहेको वा नरहेकोमा पनि । तर, सदस्यले गम्भीर सवालमा सोध्न चाह्यो भने रोक्नु पनि हुँदैन । तर, साधारणतया त्यस्तो गरिँदैन ।

प्रधानमन्त्रीलाई मुख्यतया प्रश्नोत्तरको समयमा प्रश्न गर्ने  हो । अरू समयमा त्यस्तो लागेमा सदस्यले प्रश्न सोध्न सक्छ । त्यसबेला समय दिने/नदिने, रोज्ने/नरोज्ने सभामुखको तजबिजमा भर पर्छ ।

संसद् त विधि निर्माणको थलो हो । त्यहाँ विधि, प्रक्रियाको कत्तिको महत्त्व हुन्छ ? 
प्रक्रियाको महत्त्व एकदमै रहन्छ । रोल, नियम, परम्परा चल्ने ठाउँ संसद् जरुर हो । संसद्को मर्यादा नै त्यसैबाट स्थापित हुन्छ । तर, मानवीय स्वभावहरू हुन्छन्, अवस्था हुन्छ । त्यो बेला भिन्न व्यवहारहरू पनि हुन्छन् । त्यसको बीचमा पनि मर्यादाहरू राख्नुपर्ने हुन्छ । 

किनभने संसद् जनताको संस्था हो । जनताले हेरिराखेका हुन्छन्– संसद् मर्यादित रूपमा चलिरहेको छ कि छैन । आफ्नो सांसदले वा संसद्को पदाधिकारीले मर्यादित व्यवहार गरिराखेको छ कि छैन ? को आचरणमा बसेको छ/छैन, बोल्दा कसरी बोलिरहेको छ, कति जिम्मेवारीपूर्वक बोलिरहेको छ ? सभ्यता, शिष्टताको एउटा भण्डार पनि हो नि संसद् ! सँगसँगै शिष्टता सभ्यताको मापक पनि हो । 

दलहरूको संरचना, दलका पदाधिकारीहरू, प्रधानमन्त्री र प्रतिपक्षी दलका नेताहरू, उनीहरूबीचको सम्बन्ध यी सबै कुरा मिलेर संसद्को मर्यादा कायम हुने हो ।

संसद्को मर्यादा सामुहिक प्रयासबाट मात्र सम्भव हुन्छ ? 
संसद्मा आएर प्रतिनिधित्व गर्ने भनेको जनताको मर्यादा बढाउने हो । त्यहाँ गरिएको व्यवहार जनताको मर्यादा सम्मान र अपेक्षा बढाउने थलो हो, संसद् ।

त्यसैले जनप्रतिनिधि र त्यहाँका पदाधिकारीले विचार गर्नुपर्छ कि– हामीले मर्यादापूर्ण व्यवहार गरिरहेका छौँ कि छैनौँ । खाली नियम, कानुन, परम्परा र प्रक्रियाले मात्र मर्यादा बढाउने हमोइन । त्यसको पालन गर्ने संकल्प प्रत्येक सदस्यमा हुनुपर्छ । प्रत्येक सदस्य र प्रत्येक पदाधिकारीमा त्यो संकल्प भएन भने मर्यादा रहन सक्दैन । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ २२, २०८०  १९:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro