राजनीति
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिकता अध्यादेश ल्याउँदा नेकपा (एमाले)ले किन वैवाहिक अंगीकृतका विषयमा १५ वर्ष नराखेको भन्दै प्रतिप्रश्न गरेका छन् ।
नागरिकता विधेयकमाथि उठाइएका प्रश्नहरूको सोमबार प्रतिनिधिसभा बैठकमा जवाफ दिँदै उनले प्रतिप्रश्न प्रश्न गरेका हुन् ।
“पहिला त राज्यव्यवस्था समिति, माओवादी केन्द्र पनि अझ १५ वर्ष हुनुपर्छ भन्थ्यो, पछि सात वर्षमा आएको थियो, तपाईंहरू किन भयो नि ?,” प्रधानमन्त्री प्रचण्डले प्रश्न गरे, “तपाईंहरू किन नहुनुभएको ? अघि मैले पढेको अध्यादेशमा कहाँ छ सात वर्ष ? खै १५ वर्ष ?”
प्रकाशित मिति: सोमबार, जेठ २२, २०८० १२:५३
प्रतिक्रिया दिनुहोस्