site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
राष्ट्रपति मन्त्रिपरिषद्को कारिन्दा होइन : राजेन्द्र लिङदेन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले राष्ट्रपति मन्त्रिपरिषद्को कारिन्दा नभएको बताएका छन् ।

आइतबार प्रतिनिधिसभा बैठक अवरोध गर्न उत्रिएका लिङदेनले अहिलेका राष्ट्रपतिले कारिन्दाको भूमिका खेलेको आरोप लगाए ।

“राष्ट्रपति मन्त्रिपरिषद्को कारिन्दा होइन, हुन सक्दैन,” उनले भने, “सिद्धान्तमा हामीले जतिसुकै निष्पक्ष र अभिभावक भने पनि दलको निर्देशनमा चल्छ भनेका थियौँ, अहिले त्यही भयो ।”

उनले यत्रो दिन किन नागरिकता विधेयक प्रमाणीकरण गर्नु परेन र अहिले भारत भ्रमणको मुखमा गर्नुप¥यो भन्दै प्रश्न गरे ।

“बाउआमा नेपाली नागरिक भएका छोराछोरी नागरिकता पाउनबाट वञ्चित भएका हजाराँ नागरिकले नागरिकता पाउनुपर्छ । नागरिकता ऐन संशोधन हुनुपर्छ भन्नेमा हाम्रो कसैको दुई मत छैन,” लिङदेनले भने, “जुन प्रक्रियाबाट, जुन समयमा नागरिकता विधेयक प्रमाणित गरियो, त्यसको विरुद्धमा राप्रपा छ ।”

उनी रेशम चौधरीको आममाफीविरुद्ध पनि उभिए । “एउटा व्यक्तिलाई अदालतका तीनवटै तहले दोषी प्रमाणित गरेर फैसलाको पूर्णपाठ नआउँदैखेरि आममाफी दिने कुराले कस्तो खालको नजिर बस्छ ?,” उनले प्रश्न गरे ।

प्रकाशित मिति: आइतबार, जेठ २१, २०८०  १२:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro