site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
भारत भ्रमण : प्रधानमन्त्री प्रचण्डले दिए स्पष्टीकरण
तस्बिर : रासस ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रबुद्ध व्यक्ति समूह (ईपीजी)को विषयलाई उचालेर आफूले दुई मुलुकबीचको सम्बन्ध बिगार्न नचाहेको बताएका छन् । त्यो सबै नेपालीको चासोको विषय भएको उनले उल्लेख गरे ।

प्रधानमन्त्री प्रचण्डले त्यसबारे आफूले भारतीय पक्षसँग कुरा राखेको पनि बताए । भारतको चारदिने औपचारिक भ्रमण पूरा गरी शनिबार साँझ स्वदेश फर्किएका उनले त्यो विषयलाई धेरै उचालेर आर्थिक र दुईपक्षीय सहयोगको क्षेत्र विस्तारको परिणाममुखी वातावरण नेपालले बिगार्न नहुने तर्क गरे ।

Prabhu Bank
Agni Group
NIC Asia

“सकारात्मक परिणाम आउन लागिरहेको बेलामा वातावरण बिगार्ने गरी नकारात्मक धेरै कुरा गरेर नेपाललाई धेरै फाइदा छैन । अहिले तपाईंहरूले भन्नुभयो नि, ईपीजीको कुरा – यो हामी सबैको चासोको विषय हो । अब मैले आफ्नो ढंगले कुरा नगरेको छैन । आफ्नो ढंगले कुरा गरेको छु । तर, अहिले यो विषयलाई बढी उचालेर अब यो आर्थिक र दुईपक्षीय सहयोगको क्षेत्र विस्तारको जो परिणाममुखी वातावरण बनेको बिगार्नु उचित थिएन । हामीले जुन तरिकाले कुरा गरियो, त्यो तरिकाले कुरा गरिएको छ,” उनले भने, “यति भनेपछि पत्रकार साथीहरू, तपाईंहरूले कुराचाहिँ बुझ्नुहोला । त्यसकारण यो भ्रमण फलदायी भएको छ । यसलाई अब हामीले सबैले मिलेर जे सहमति, समझदारी भएको छ, त्यसलाई कार्यान्वयनमा लैजानु छ । कार्यान्वयनमा लैजानका लागि हामीले राम्रो वातावरण बनाउन आवश्यक छ । त्यसकारण भ्रमण विगतको भन्दा परिणाममुखी भएको छ । कामकाजी भएको छ ।”

इन्दौर भ्रमणका क्रममा महाकालेश्वर मन्दिरमा ‘प्रोटोकल’ नमिचियोस् भनेर आफूले गेरुवस्त्र धारण गर्नुपरेको प्रधानमन्त्री प्रचण्डले स्पष्ट पारे । सो मन्दिरमा मुख्य अतिथिले गेरुवस्त्र धारण गर्नुपर्ने प्रोटोकल रहेको र त्यसलाई पालना नगर्दा अर्बौँ भारतीय मनमा चिसो पस्ने भएकाले सो वस्त्र धारण गरिएको उनको भनाइ छ ।

Global Ime bank

उनले यसलाई नेपालको सर्वोपरी हितका लागि गरिएको सांस्कृतिक कूटनीति भनेर बुझ्न पनि आग्रह गरे ।

“म वास्तवमा मनैले धर्म निरपेक्षतावादी हो । धर्मनिरपेक्षता भनेको धर्मविरोधी होइन नि ! सबै धर्मलाई समान व्यवहार गर्ने र राज्यले कुनै पक्षलाई काखापाखा नगर्नु भनेको हो । आफू धर्मनिरपेक्षतावादी भएको नाताले मैले हिन्दु, मुस्लिम, बुद्धिष्ट, क्रिस्चियन सबै धर्मावलम्बीहरूप्रति समान व्यवहार गर्नुपर्छ,” उनले भने, “अब मध्य प्रदेशमा जाने, इन्दौरमा जाने । नजिकै ऐतिहासिक सहर हो, उज्जेन भनेको । महाकालेश्वर । त्यहाँ फेरि भव्य संरचना रहेछ । मैले त गएपछि पो थाहा पाएँ ! त्यसले एकैदिनमा डेढ लाख मान्छेहरू जान्छन् त्यहाँ हेर्न, पूजा गर्न । हामीले पनि यहाँ रामायण सर्किट भन्दै छौँ । बुद्धिष्ट सर्किट भन्दै छौँ । हामीले पनि धार्मिक पर्यटनको विकास गर्छौँ भनेका छौँ कि छैनौँ ? म अहिले कम्युनिस्ट मात्रै होइन, प्रधानमन्त्री पनि हो नि ! प्रधानमन्त्रीले त सबैलाई समेट्नुपर्छ । हुन त मसँग भएको सेक्युरिटीले यो गेरुवस्त्र नलगाउनुपाए हुन्थ्यो भनेर निकै कोसिस गर्नुभयो । तर, त्यहाँ महाकालेश्वरको के रहेछ भने, मुख्य अतिथिले त्यो लगाउनैपर्ने प्रोटोकल रहेछ, त्यो । त्यो प्रोटोकल मिचेर नलगाऊँ भने भारतका करोडौँ जनताको मनमा चिसो पस्ने भयो, नेपालप्रति र नेपालको प्रधानमन्त्रीप्रति । त्यो देशलाई फाइदा हुन्थ्यो त ? म लगाउन्नँ भनेको भए के हुन्थ्यो ? एक अर्ब मान्छेको मनमा चिसो पस्थ्यो । के हो यो नेपाल सरकार भन्थे ! सहज ढंगले गर्दा सबै खुसी भए । यसलाई सांस्कृतिक कूटनीतिको रूपमा लिनुपर्ने हो । नेपालको बृहत्तर हितमा गरिएको कदम हो भनेर बुझनुपर्दछ ।”

दुई मुलुकबीच संशयमा पुगेको आपसी सम्बन्ध आफ्नो भारत भ्रमणले विश्वासमा रूपान्तरण गर्न सफल भएको प्रधानमन्त्री प्रचण्डले बताए ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ २०, २०८०  २१:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय