site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
संसद्‌मा कडा रूपमा प्रस्तुत हुने एमालेको निर्णय

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा राष्ट्रहितलाई ख्याल नगरिएको भन्दै संसद्‌मा जवाफ माग गर्ने भएको छ ।

शनिबार संसद् भवन नयाँ बानेश्वरमा बसेको एमाले संसदीय दलको बैठकबाट भारत भ्रमणका क्रममा सीमा समस्याका बारेमा कुरा राख्न नसकेको, ईपीजी प्रतिवेदन बुझ्ने विषयमा छलफल हुन नसकेकोलगायत विषयमा प्रधानमन्त्रीसँग संसद्‌मा जवाफ माग गर्ने निर्णय गरिएको हो ।

Argakhachi Cement Island Ad

प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण निरर्थक रहेको निष्कर्ष पनि बैठकबाट निकालिएको एमाले संसदीय दलका प्रमुख सचेतक पदम गिरीले जानकारी दिए ।

संवैधानिक व्यवस्थाविपरीत नागरिकता विधेयक प्रमाणीकरण गरिएको विषयमा पनि संसद्‌मा कडा रूपमा विरोध जनाउने उनले बताए ।

सरकारले अघि सारेको बजेट गन्तव्यहीन भएको निष्कर्ष बैठकबाट निकाल्दै बजेटमाथिको छलफलमा क्रममा खुलेर विरोध गर्ने निर्णय गरिएको गिरीले बताए ।

बैठकमा बजेट छलफलका क्रममा शसक्त रूपमा प्रतिवादमा उत्रन पार्टी अध्यक्ष केपी शर्मा ओलीले सांसदहरूलाई निर्देशन दिएका थिए ।

प्रकाशित मिति: शनिबार, जेठ २०, २०८०  १९:२९
प्रतिक्रिया दिनुहोस्