site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कोसी प्रदेशसभामा गाँजा खेती खुलाउनेदेखि लम्पीस्किनको खोपको माग 

विराटनगर । कोसी प्रदेशसभाको शुक्रबारको बैठकमा बोल्ने सांसदले गाँजा खेती खुलाउनेदेखि चौपायमा देखिएको लम्पीस्किन रोगको खोपसम्मको माग गरेका छन् ।

शून्य समयमा बोल्दै नेकपा (एकीकृत समाजवादी)की सांसद खिनुलङ्वा लिम्बूले लम्की स्किन भाइरसका कारण पशुधनमा रोग फैलिएको बताउँदै खोपको उचित प्रबन्ध गर्न प्रदेश सरकारको ध्यानाकर्षण गरिन । 

“खासगरी पाँचथर, इलाम र झापामा बढी प्रभाव देखिएकोले समस्यामा परेका पशु किसानलाई राहत दिने व्यवस्था गरियोस् । चौपायालाई खोपको व्यवस्था गरियोस,” उनले भनिन् ।

नेकपा (माओवादी केन्द्र) का सांसद गोम्बु शेर्पाले सोलुखुम्बुका जनताले विराटनगरबाट प्रदेशको अनभूति गर्न नपाएको बताए । 

प्रशासनिक सुगमता अनुभव गर्न नपाउँदा संघीय राजधानी काठमाडांै जानभन्दा दुई गुणा बढी रकम खर्चिएर प्रदेश राजधानी विराटनगर आउनुपर्ने बाध्यता रहेको सुनाए । 

उनले भने, “सुगमताको अनुभव जनताले कहिले गर्न पाउँछन् ? घुर्मी–कटारी–सोलु सडक उपयुक्त छैन । यसको विकल्प खोजिनुपर्छ । चतरा–जयराम घाटबाट सडक निर्माण गरिनुपर्छ । चतरा–सगरमाथा सुरुङमार्फत पुग्ने गरी सडकको काम थालियोस ।”

एमालेका तिलचन्द पाठक दश वर्षसम्म मात्र एम्बुलेन्स चल्न पाउने तर एघार वर्ष लागेपछि एम्बुलेन्स नवीकरण नहुने भन्दै यसबाट ग्रामीण भेगका बासिन्दालाई असर गरेको बताए । “नवीकरणको नीतिलाई फेरबदल गरिनुपर्छ,” उनले भने । 

एमाले सांसद मालतीकुमारी लिम्बूले सामुदायिक विद्यालयमा बाल विकासका शिक्षकको तलब अति नै कम भएको भन्दै प्रदेशले पारिश्रमिक थपिदिनु पर्ने माग गरिन् । विद्यालय नर्सहरूको अस्थायी दरबन्दी नाममात्रको रहेको र एक विद्यालय एक नर्सको संख्यालाई बढाइनुपर्ने सरकारसमक्ष माग गरिन् । 

एमालेका राधाकृष्ण खनालले झापाको रानामिल कुन्जीबारी सडक शिलान्यास भएर लामो समय बितिसक्दा पनि काम नभएको भन्दैसरकारले अघि बढाउनुपर्ने बताए । 

नेपाली कांग्रेसका रामकुमार खत्रीले योजना तर्जुमा गर्दा किसानको छोराले हलो जोत्दै गरेको र शिरमा रेखामात्र रहेको टोपी लगाएको नागरिकलाई हेरेर बजेट तुर्जमा तय गरिएका छन् । उनले भने, “गाजाँबाट धेरै औषधिसमेत बन्ने भएकोले यसको खेतीको लागि आधार तय गरिनुपर्छ ।”


 

प्रकाशित मिति: शुक्रबार, जेठ १९, २०८०  १४:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro