site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
विपद् उद्धारका लागि गोताखोर तयार

काठमाडौं । सरकारको उद्देश्यअनुरूप सशस्त्र प्रहरी र नेपाल प्रहरीले गोताखोर तयार पारेका छन् । यसपटक १९ सशस्त्र प्रहरी कर्मचारी र एक नेपाल प्रहरी गरी २० गोताखोर तयार गरिएको छ ।

सशस्त्र प्रहरी बल नेपालका केन्द्रीय प्रवक्ता राजेन्द्र खड्काका अनुसार पाँच हप्ताको उक्त तालिम त्रिशूली नदी, कास्कीको पोखरास्थित फेवाताल र सुनसरीस्थित कोसी नदीमा दिइएको थियो ।

यस वर्ष गण्डकी प्रदेश सरकारको सहयोगमा गएको वैशाख १० गतेदेखि सशस्त्र प्रहरीले २० प्रहरी कर्मचारीलाई पाँचहप्ते गोताखोर तालिम दिएको हो । योसँगै सशस्त्र प्रहरी बल नेपालमा हाल ७४ गोताखोर तालिमप्राप्त जनशक्ति तयार भएको खड्काले बताए ।

सशस्त्र प्रहरी बल नेपालले गोताखोर परिचालन गरी हालसम्म २७३ घटनामा ८०२ जनाको जीवितै उद्धार तथा ३१७ शव निकालेको उनले जानकारी दिए ।

यसअघि, सशस्त्र प्रहरी बलले २५ सशस्त्र प्रहरी कर्मचारीलाई यूएनडीपीको सहयोगमा बंगलादेशमा २०६९ वैशाखमा तीनमहिने गोताखोर तालिम दिलाएको थियो ।

गोताखोर तालिमप्राप्त जनशक्तिलाई थप विस्तार गर्दै लैजाने उद्देश्यअनुरूप सशस्त्र प्रहरी बल नेपाल नम्बर १ वराह बाहिनी मुख्यालय सुनसरीमा २०७६ असोज ९ गतेदेखि कात्तिक २५ गतेसम्म १९ सशस्त्र प्रहरी कर्मचारीलाई नेपालमै पहिलोपटक गोताखोर तालिम प्रदान गरिएको थियो ।

यस्तै, सशस्त्र प्रहरीको विपद् व्यवस्थापन तालिम शिक्षालयमा २०७९ वैशाख २५ देखि जेठ २९ गतेसम्म उनीहरूलाई गोताखोर तालिम प्रदान गरिएको थियो । रासस

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ १९, २०८०  ११:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro