site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
नेपाल–भारत सम्बन्ध विस्तार गर्ने विषयमा प्रचण्ड–मोदीबीच छलफल

काठमाडौं । भारतको चारदिने भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उनका समकक्षी नरेन्द्र मोदीसँग छलफल गरेका छन् । नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा दुई देशका प्रधानमन्त्रीबीच छलफल भएको हो ।

उनीहरूबीच नेपाल–भारत सभ्यतागत सम्बन्धलाई रूपान्तरण गर्ने र सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएको भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बाग्चीले जानकारी दिए ।

Dabur Nepal

prachanda modi41685603167.jpg

समाजिक सञ्जाल ट्विटरमा उनले लेखेका छन्, “नेपाल–भारत सभ्यतागत सम्बन्धलाई रूपान्तरण गर्दै प्रधानमन्त्रीद्वय प्रचण्ड र मोदीले भारत र नेपालबीचको विशेष एवम् विशिष्ट सम्बन्धलाई थप उँचाइमा पु¥याउन विविध उपायबारे छलफल गर्नुभयो ।”

अहिले हैदराबाद हाउसमै प्रचण्ड र मोदीसहित नेपाल–भारतका प्रतिनिधिमण्डलबीच दुईपक्षीय छलफल भइरहेको छ ।

प्रधानमन्त्री प्रचण्ड बुधबार (हिजो) भारत गएका हुन् ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ १८, २०८०  १२:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro