site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
फ्रेन्च ओपनको पहिलो चरणबाटै बाहिरिए मेड्भेडेभ, जेभरेभ र रुड दोस्रो चरणमा
Sarbottam CementSarbottam Cement

काठमाडौं । छनोट चरण पार गरेर आएका थिएगो सिबोथसँग अप्रत्यासित हार बेहोरेपछि वरीयताको दोस्रो स्थानका ड्यानियल मेडभेडेभ फ्रेन्च ओपनको पहिलो चरणबाटै बाहिरिएका छन् ।

रसियाका मेड्भेडेभलाई ब्राजिलका सिबोथले ७–६ (७–५), ६–७ (६–८), २–६, ६–३, ६–४ को स्कोरमा स्तब्ध बनाए । मेड्भेडेभविरुद्ध जित निकालेका सिबोथले पहिलोपटक ग्रान्डस्लामको दोस्रो चरणमा स्थान बनाएका हुन् ।

“म जुनियर खेलाडी हुँदादेखि नै मेड्भेडेभको खेल हेर्थेँ । र, यस्तो मञ्चमा उनलाई हराउनु सपना साकार भएजस्तै छ,” यस वर्ष टुर गेम नखेलेका २३ वर्षीय सिबोथले भने, “मैले खेल जितेपछि कस्तो महसुस गरिरहेको छु भन्ने वर्णन गर्न शब्द थिएन । म निकै खुसी थिए । यो मेरो जिन्दगीकै सबैभन्दा खुसीको दिन हो ।”

Prabhu Bank
Agni Group
NIC Asia

सिबोथले अब तेस्रो चरण प्रवेशका लागि अर्जेन्टिनाका गुइडो पेलासँग खेल्नेछन् ।

गत वर्ष चोटका कारण सेमिफाइनल बीचमै छोडेका जर्मनीका एलेक्सेन्डर जेभरेभले पनि वर्षको दोस्रो गान्डस्लाममा विजयी सुरुआत गरेका छन् । गत वर्ष सेमिफाइनलमा जोर्नीको चोटका कारण जेभरेभले राफेल नाडालसँग दोस्रो सेटपछि खेल छोडेका थिए ।

Global Ime bank

जेभरेभले दक्षिण अफ्रिकाका लोडी ह्यारिसलाई ७–६ (८–६), ७–६ (७–०), ६–१ ले पराजित गरे ।

“पुनः फर्किन पाउनु निकै राम्रो कुरा हो । गत वर्ष कसरी प्रतियोगिताबाट बाहिरिएको थियो भन्ने कुराले पक्कै पनि निराश बनाएको थियो,” जितपछि कोर्टमै भएको अन्तर्वार्तामा जेभरेभले भने ।

वरीयताको २२औँ स्थानमा रहेका जेभरेभले अब तेस्रो चरण प्रवेशका लागि स्लोभाकियाका एलेक्स मोल्कानसँग खेल्नेछन् ।

गत वर्षको उपविजेता कास्पेर रुडले पनि प्रतियोगितामा सुखद सुरुआत गरेका छन् । वरीयताको चौथो स्थानमा रहेका रुडले स्विडेनका एलिएस यमेरलाई ६–४, ६–३, ६–२ ले पराजित गरेका थिए । रुडले दोस्रो चरणमा इटालिका गुइलियो जेपिएरीसँग खेल्नेछन् ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ १७, २०८०  १४:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC