राजनीति

काठमाडौं । रेशम चौधरीलाई रिहा गर्ने निर्णयविरुद्धको सर्वोच्च अदालतमा परेको रिट न्यायाधीश डा. आनन्दमोहन भट्टराईको इजलासमा परेको छ ।
रिट १४औँ नम्बरमा परेको छ । मंगलबार दर्ता भएको रिटमा आज प्रारम्भिक सुनुवाइका लागि पेसी तोकिएको हो ।
कैलालीको टीकापुर घटनामा दोषी ठहर भएका चौधरीलाई राष्ट्रपतिबाट आममाफी दिँदै रिहा गर्ने निर्णय खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा परेको रिट दर्ता भएको हो ।
आइतबार मन्त्रिपरिषद्को बैठकले चौधरीसहित १९ जनालाई आममाफी दिन सिफारिस गरेको थियो । राष्ट्रपति रामचन्द्र पौडेलले उक्त सिफारिसलाई स्वीकृत गरेका थिए ।
गणतन्त्र दिवसका अवसरमा सोमबार चौधरी जेलबाट रिहा भइसकेका छन् ।
प्रकाशित मिति: बुधबार, जेठ १७, २०८० १२:३४
प्रतिक्रिया दिनुहोस्