site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
KNP NerolacKNP Nerolac
Laxmi BankLaxmi Bank
Ghorahi CementGhorahi Cement

प्रधानमन्त्री पुष्पकमल दाहाल चार दिने औपचारिक भ्रमण जम्बो टोली लिएर आज बुधवार अपराह्न भारत भ्रमणमा जाँदैछन् । नेपाली प्रधानमन्त्रीको भारत भ्रमणमा अनावश्यक शङ्का गर्ने र अनुचित अपेक्षा राख्ने प्रचलनको अपवाद दाहालको यो भ्रमण पनि बन्न सकेको देखिएन । 

मूलतः नेपाली जनमानसको एउटा प्रभावशाली हिस्सामा भारतप्रति एक प्रकारको सन्देह निकै बलियो रहिआएको छ । यसो हुनुमा केही दोष भारतको ‘ठूल्दाइ’ मानसिकताको छ भने केही हदसम्म नेपाली राजनीतिकर्मीहरूको द्वैध चरित्र पनि दोषी छ । 

औपनिवेशिक युगको हैकमी मानसिकताबाट भारतको सत्ता अझै मुक्त भएको देखिँदैन । नेपाली पक्ष भने हीनताभाषबाट थिचिएको देखिन्छ । यसैले धेरैजसो आमनेसामनेका वार्ता र लेनदेनमा नेपाली पक्ष प्रायः कमजोर हुनेगरेको छ ।

Dabur nepal
Agni Group

प्रधानमन्त्रीको भ्रमणको सफलता कुनै योजना वा आयोजनाका सम्बन्धमा हुने सम्झौतामा निर्भर हुने भाष्य स्वयंमा गलत हो । यसैगरी, सीमा विवाद वा भारतका अर्घेल्याइँका सम्बन्धमा प्रश्न र विरोध गर्न पनि प्रधानमन्त्री भ्रमणमै गइरहन पर्दैन ।  

यसै पनि अहिले नेपालमा सरकार ‘बलियो’ छैन । कमजोर सरकारलाई छिमेकीले हेप्छ । त्यसैले पनि वार्ताका क्रममा धेरै अपेक्षा नराखेजस्तै सहयोगको याचना पनि नगर्नु बुद्धिमानी हुनेछ । 

प्रधानमन्त्री दाहालको भ्रमण केही पहिले नै हुने अपेक्षा नेपालमा गरिएको थियो । भारतीय आलटालले ढिला भयो । यति नै बेला भारतीय संसद् भवनमा राखिएको नक्सामा नेपाली भूभाग पनि समावेश गरेर अप्ठेरो अवस्थामा नेपाललाई पारिएको छ ।

केही साता पहिले तत्कालीन राजालाई भारतीय जनता पार्टीका प्रभावशाली नेता तथा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले गरेको स्वागत सत्कार पनि प्रधानमन्त्री दाहाल खुसी हुने विषय होइन । योगीले कथन र व्यवहारबाट नेपाललाई पटकपटक हेपेका छन् ।

यस्ता विषयमा भारत भ्रमणका जाँदा प्रश्न उठाइने जनमानसको अपेक्षा सम्भवतः व्यावहारिक भने नहोला । तर, त्यस प्रकारका व्यवहारप्रति कूटनीतिक शैलीमा असहमति र आपत्ति रहेको जनाउन भने प्रधानमन्त्री दाहाललगायत भ्रमणमा जाने नेपाली पक्ष हिचकिचाउनु हुँदैन ।

भारतीय हैकमी प्रवृत्ति अस्वीकार गर्नुको अर्थ भारतसँग निहुँ खोज्नु होइन । यसैगरी अब नेपालले छिमेकीहरूबीच चीन वा भारत ‘कार्ड’ खेल्न हुने र सक्ने अवस्था पनि छैन । नेपालले आफ्नो यो यथार्थ बिर्सन हुँदैन भने यसबाट तर्सनु पनि पर्दैन ।

अपेक्षा धेरै नराखे निराश पनि हुन पर्दैन । प्रधानमन्त्री दाहालको औपचारिक भ्रमण यथार्थमा ‘औपचारिकता’ मात्रै हो । त्यसक्रममा सहयोगका केही सम्झौता हुने पनि चलन नै बनिसकेको छ । यसपटक पनि परम्परा धान्ने केही सहमति, सम्झौताका औपचारिकता पक्कै होलान् । 

अब नेपाल(भारत सम्बन्धलाई पनि नयाँ आयाम दिनुपर्छ । एक्काइसौं शताब्दीमा नेपाल र भारतजस्ता जनस्तरमा निकट सम्बन्ध भएका मुलुकबीच अविश्वास होइन सद्भाव र विश्वास बढ्दा नै दुवै पक्षलाई लाभ हुन्छ । यसका लागि नेपालले अग्रसरता लिनुपरे पनि हिचकिचाउनु हुँदैन । 

नेपालले गुमाएको अनुभव गर्नु नपरेमात्रै पनि भ्रमण सफल नै ठहरिनेछ । नेपालका हितमा केही हुनसक्यो भने ‘सुनमा सुगन्ध’ हुन्छ । भारत भ्रमणका बेला प्रधानमन्त्री दाहालले आत्मविश्वास र स्वाभिमान देखाउन् भन्ने चाहने हो भने उनलाई अहिले साथ र समर्थन दिऊँ । बिगारे भने विरोध गर्ने समय त छँदैछ ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ १७, २०८०  ०७:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kumari BankKumari Bank
national life insurancenational life insurance
Maruti cementMaruti cement
सम्पादकीय
शिक्षकहरू विद्यालयमै फर्क !
शिक्षकहरू विद्यालयमै फर्क !
Corporate BaahrakhariCorporate Baahrakhari
SubisuSubisu
Hamro patroHamro patro