site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अर्थमन्त्री महतको कर नीति : नेप्से परिसूचक ५३ अंकले घट्यो, लगानीकर्ता निराश 

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशरण महतले लिएको कर नीतिको असर सेयर बजारमा परेको छ ।

प्रिमियम मूल्यमा थप सार्वजनिक निष्कासन (एफपीओ) जारी गरेका संस्थाले बोनस सेयर वितरण गरेको भए आउँदो मंसिरसम्म कर बुझाउन भनिएको छ । यस्तै, मर्जर तथा एक्विजेसनमा लाभबाट बोनस सेयर वितरण गर्दा कर तिनुपर्ने बजेटमा व्यवस्था गरिएको छ । त्यसको असर वाणिज्य बैंक र बिमा कम्पनी तथा जलविद्युत् कम्पनीमा पर्नेछ ।

कर लगाउने अर्थमन्त्री महतको नीतिको असरले बजेटपछि खुलेको नेप्से परिसूचक ५३.१६ अंकले घटेको छ । सेयर बजार बियरिस ट्रेन्डमा रहँदा अर्थमन्त्रीको कर नीतिले बजार थप घट्न मद्दत पुगेको हो ।

यस्तै, सेयर बजारमा लाग्ने पुँजीगत लाभकरका विषयमा समेत लगानीकर्तामा अन्योल सिर्जना भएको छ । त्यसको असर पनि सेयर बजारमा परेको छ । मंगलबार दुई अर्ब ३४ करोड १७ लाख ७७ हजार रुपैयाँबराबरको सेयर कारोबार भएको छ ।

मन्त्री डा. महतले बजेटमा सेयर बजारलाई सकारात्मक प्रभाव पार्ने नीति नलिँदा यसको असर सेयर बजारमा परेको हो । बजारलाई थप घटाउन मद्दत हुने नीति महतले लिएको लगानीकर्ताको बुझाइ छ ।

मंगलबारै आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री डा. महतले भने यस्तो कर कानुनानुसार नै लिइएको जिकिर गरे ।

आन्तरिक राजस्व विभागका महानिर्देशक दीर्घराज मैनालीले आयकरमा भएको व्यवस्थाअनुसार कर लिइएको उल्लेख गरे ।

अर्थमन्त्रीको नीतिका कारण सेयर बजारमा कर तिनुपर्ने दायित्व भएका सबै कम्पनीको सेयर मूल्य घटेको छ । बजारमा बढी हिस्सा हुने कम्पनीको नै कर दायित्व बढेको हुँदा सेयर बजार प्रभावित भएको हो ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ १६, २०८०  १५:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
प्रतिगमनको दिवास्वप्न नदेख !
प्रतिगमनको दिवास्वप्न नदेख !
Hamro patroHamro patro