site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
वाग्मतीमा कांग्रेसको रूपान्तरण अभियान
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । नेपाली कांग्रेसको रूपान्तरण अभियानअन्तर्गत वाग्मती प्रदेशमा कार्यक्रम गरिएको छ । मंगलबार अभियानअन्तर्गत वाग्मती प्रदेशको कार्यक्रम अनुपम फुडल्यान्ड काठमाडौंमा भएको हो ।

कार्यक्रममा बोल्ने वक्ताहरूले नेतृत्वप्रतिको वितृष्णाका कारण कार्यकर्तामा विचलन आएको उल्लेख गरे । कार्यक्रममा बोल्दै अभियानको वाग्मती प्रदेश संयोजक जगदिश्वरनरसिंह केसीले पार्टी पुनर्जीवनको अभियानमा जोडिन सबैलाई आग्रह गरे । उनले पार्टीमा समयअनुकूल नीति, भ्रातृ संस्थाहरूको पुनर्जीवन, व्यक्तिवादी र गुटकेन्द्रित राजनीतिको अन्त्यका लागि एकजुट हुन आग्रह गरे ।

“समुन्नत नेपाल र सम्मानित नेपाली, समयानुकूल नीतिका साथै नीतिअनुरुप रणनीति, भ्रातृ संस्थाहरुको पुनर्जीवन, अवसरको समानता, सन्तुलित विदेश नीति, सेवामुखी राजनीति, व्यक्ति तथा गुटकेन्द्रित राजनीतिको अन्त्यलगायत उद्देश्यसहितको वाग्मती प्रदेश रुपान्तरण अभियानमा यहाँहरुको सुझावसहितको सहभागिताले हामीलाई एकताबद्ध भएर संगठन रुपान्तरणको यो अभियानमा हिमाल, पहाड, तराई, जो जहाँ छ, आफ्नो आफ्नो ठाउँबाट सकारात्मक भूमिकाको अपेक्षा गरेको छु,” उनले भने ।

प्रकाशित मिति: मंगलबार, जेठ १६, २०८०  १४:४५
प्रतिक्रिया दिनुहोस्