site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
फ्रेन्च ओपनको दोस्रो चरणमा प्रवेशपछि जोकोभिचले लेखे– ‘कोसोभो सर्वियाको मुटु हो, हिंसा बन्द गर’
Tiktok banner adTiktok banner ad

काठमाडौं । नोभाक जोकोभिचले फ्रेन्च ओपनमा एलेक्सान्ड्रो कोभासेभिचलाई ३–० को सेटमा हराउँदै कीर्तिमानी २३औँ पुरुष ग्रान्डस्लाम सिंगल्स उपाधि जित्ने अभियानको सुरुआत गरेका छन् ।

दुईपटकको च्याम्पियनसमेत रहेका जोकोभिचले कोभासेभिचलाई ६–३, ६–२, ७–६ (७–१) ले हराउँदै दोस्रो चरणमा स्थान पक्का गरे । जोकोभिचसँगै विश्व नम्बर एक कार्लोस अल्कारेजले पनि वर्षको दोस्रो ग्रान्डस्लाममा विजयी सुरुआत गरेका छन् ।

स्पेनका अल्कारेजले इटालीका फ्लाविओ कोबोलीलाई ६–०, ६–२, ७–५ ले पराजित गरे । जोकोभिच र अल्कारेजले ओपनमा जित यात्रा कायम राखे सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछन् ।

सर्वियाका जोकोभिचले कोभासेभिचलाई हराएपछि क्यामेरामा ‘कोसोभो सर्वियाको मुटु हो । हिंसा बन्द गर’ लेखेका थिए । सन् २००८ मा सर्वियाबाट स्वतन्त्र भएको कोसोभोमा हाल चर्किएको तनावका कारण जोकोभिचले यस्तो लेखेका हुन् । तर, सर्बियाले कोसोभोको स्वतन्त्रतालाई हालसम्म मान्यता दिएको छैन । कोसोभोमा जातीय आधारमा केही समययता हिंसा बढेको छ ।

सर्वियन पत्रकारहरुसँगको कुराकानीमा जोकोभिचले भने, “म राजनीतिज्ञ हैन । न त मलाई यो बहसमा उत्रिनु नै छ । एक सर्वियनको रुपमा कोसोभोमा के भइरहेको छ भन्ने कुराले दुःख दिन्छ । कोसोभो हाम्रो मुटु हो, गढ हो, सबैभन्दा महत्वपूर्ण घटनाहरूको केन्द्र हो । सबैभन्दा ठूलो युद्ध त्यहाँ भयो, मैले यो लेख्नुको धेरै कारणहरू छन् ।”

कोसोभोको द्वन्दमा जोकोभिचको यो धारणका कारण उनी हाल चर्चाको पात्र बनेका छन् । जोकोभिचले अब प्रतियोगिताको दोस्रो चरणमा हंगेरीका मार्टोन फक्सोभिक्ससँग खेल्नेछन् ।

यता, २० वर्षीय अल्कारेजले भने जापानका टारो ड्यानियलसँग दोस्रो चरणमा प्रतिस्पर्धा गर्नेछन् ।

ओपनमा मंगलबार भएको खेलमा वरीयताको आठौँ स्थानका ज्यानिक सिनरले पनि फ्रान्सका एलेक्सान्डर मुलरलाई ६–१, ६–४, ६–१ ले पराजित गर्दै दोस्रो चरणमा स्थान बनाए । इटालीका सिनरले अब तेस्रो चरण प्रवेशका लागि जर्मनीका ड्यानिलय अल्टमायरसँग खेल्नेछन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ १६, २०८०  १३:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro