खेल
काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले सोमबार संसद्मा पेस गरेको बजेटमा खेल पूर्वाधार निर्माण तथा प्रतियोगिता सञ्चालनका लागि निजी क्षेत्रलाई प्रोत्साहन गर्ने बताएका छन् ।
आर्थिक वर्ष २०८०/८१ को बजेटमा अर्थमन्त्री महतले खेलकुदको पूर्वाधार निर्माण, व्यावस्थापन र प्रतियोगिता सञ्चालनका लागि निजी क्षेत्रलाई प्रोत्साहत गर्ने बताएका हुन् ।
मन्त्री महतले सार्वजनिक निजी साझेदारीमा हाई अल्टिच्युड ट्रेनिङ सेन्टरका साथै र्याफ्टिङ तथा क्यानोइङ, पाराग्लाइडिङ, रक क्लाइम्बिङ र अल्ट्रा म्याराथनलगायतका साहासिक खेल पूर्वाधार निर्माण गरी खेल पर्यटनलाई प्रवर्द्धन गरिने बताएका छन् ।
प्रकाशित मिति: सोमबार, जेठ १५, २०८० १८:४४
प्रतिक्रिया दिनुहोस्