site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
एमबाप्पे लगातार चौथोपटक उत्कृष्ट खेलाडी घोषित

काठमाडौं । पेरिस सेन्ट जर्मेन (पीएसजी)का स्ट्राइकर काइलियन एमबाप्पे लगातार चौथोपटक फ्रेन्च लिग वानमा प्लेयर अफ द सिजन घोषित भएका छन् । एमबाप्पेकै उत्कृष्ट प्रदर्शनमा पीएसजीले योपटक कीर्तिमानी ११औँपल्ट लिग उपाधि जितेको थियो ।

फ्रान्सका एमबाप्पे ज्लाटन इब्राहिमोभिकको कीर्तिमान तोड्दै चारपटक अवार्ड जित्ने खेलाडी बनेका छन् । लगातार चारपटक सिजनको उत्कृष्ट खेलाडी घोषित हुने एमबाप्पे फ्रान्सका एक्लो फरवार्ड हुन् ।

“टिमका सहयात्री, क्लबका कर्मचारी, पर्दा पछाडि बसेर काम गर्ने सबैलाई धन्यवाद दिन चाहन्छु,’’ २४ वर्षीय एमबाप्पेले भने, “म सधैँ आफ्नो प्रभाव छोड्न चाहन्छु । मैले यति चाँडो यस्तो सफलता हासिल गर्ने आस गरेको थिइनँ । तर, म आफ्नो देशमा इतिहास रच्न पाउँदा खुसी छु ।’’

Dabur Nepal
NIC Asia

एमबाप्पेको भविष्यलाई लिएर यति बेला चर्चा सुरु भएको छ । यति बेला एमबाप्पेले पीएसजीसँग सन् २०२४ सम्मका लागि सम्झौता नवीकरण गर्छन् वा क्लब छाड्छन् भनेर चर्चा भइरहेको छ ।

“म खुसी छु र म अर्को सिजन यहाँ आउनेछु,’’ एमबाप्पेले भने । उनले २०२४ सम्म क्लबमा रहने÷नरहने बारे कुनै संकेत दिएनन् ।

पीएसजीले शनिबार स्ट्रासबर्गसँग १–१ को बराबरी खेल्दै एक खेल बाँकी हुँदै उपाधि जितेको हो ।

लेन्सलाई दोस्रो स्थानमा पुर्‍याएपछि फ्रान्क हाइसेलाई सिजनको उत्कृष्ट प्रशिक्षक घोषित गरियो । लेन्सले २१ वर्षपछि पहिलोपटक च्याम्पियन्स लिग खेल्नेछ ।

“यो तीन सिजनको कथा हो...। जो यो साहसिक कार्यमा छैनन्, म तिनीहरूलाई पनि भुल्ने छैन,’’ हाइसेले भने । हाइसेले २०२० मा क्लब लिग २ मा हुँदा पहिलो टोलीको जिम्मेवारी लिएका थिए ।

“हामीले भोगेको कुरा अविस्मरणीय छ,’’ हाइसेले थपे ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ १५, २०८०  ०९:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro