site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
यामाहाले नेपाली बजारमा ल्यायो 'रे जेडआर १२५ हाइब्रिड'

काठमाडौं । यामाहाले नेपाली बजारमा 'रे जेडआर १२५ हाइब्रिड' सार्वजनिक गरेको छ । कम्पनीले स्मार्ट मोटर जेनेरेटरसहितको यो स्कुटर नेपालको पहिलो हाइब्रिड स्कुटर भएको दाबी गरेको छ ।

उपभोक्ताको विभिन्न आवश्यकता र राइडरहरूको प्राथमिकता पूरा गर्न रे जेडआर १२५ हाइब्रिड स्कुटर स्टाण्डर्ड, डिलक्स, प्रिमियम र प्रिमियम प्लस गरी चार ट्रिममा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

Dabur Nepal
NIC Asia

स्कुटरमा शक्तिशाली एयर कुल्ड, फ्युल इन्जेक्टेड १२५ सीसी ब्लू कोर इन्जिन रहेको छ । रे जेडआर १२५ शृङ्खलाको हाइब्रिड भेरियन्टले स्मार्ट मोटर जेनेरेटरलाई गतिरोधको समयमा शक्ति सहायता प्रदान गर्ने कम्पनीको भनाइ छ ।

साइलेन्ट स्टार्टरको रूपमा समेत चिनिने यो नयाँ प्रणालीसँगै इलेक्ट्रिक पावर सपोर्टले इन्धनको बचत गर्ने कम्पनीले जनाएको छ ।

यसमा १४५ एमएमको ग्राउन्ड क्लियरेन्स, ९९ किलोग्रामको उल्लेखनीय तौल, युनिफाइड ब्रेकिङ सिस्टम (यूबीएस), साइड स्ट्यान्ड इन्जिन कट-अफ फङ्सन र २१ लिटर अन्डर-सिट भण्डारण जस्ता सुविधा रहेको छ ।

यामाहा नेपालका सीईओ राजु क्षेत्रीले रे जेडआर १२५ हाइब्रिड सिरिज सार्वजनिक गर्न पाएको खुसी व्यक्त गरेका छन् ।

रे जेडआर १२५ हाइब्रिडको बेसिक मोडेल स्ट्यान्डर्ड रियर ड्रमको मूल्य दुई लाख ७९ हजार ९०० रूपैयाँ रहेको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ १४, २०८०  १७:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro