site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
११ दिन पैदल हिँडेर काठमाडौं आइपुग्यो सिर्सिया नदी प्रदूषणमुक्त अभियान टोली (तस्बिरहरू)

काठमाडौं । पर्साको वीरगन्जदेखि ११ दिन पैदल हिँडेर सिर्सिया नदी प्रदूषणमुक्त अभियानको टोली आइतबार काठमाडौं आइपुगेको छ । बारा, पर्सा, धनुषा, सर्लाही र महोत्तरीका २६ जनाको टोली माइतीघर आइपुगेको हो ।

सिर्सिया नदीको मुहान बाराको पथलैयामा छ । सिर्सिया नदी पर्सा हुँदै भारतसम्म पुग्ने गर्छ ।

उद्योग, कलकारखानाको रासायनिक पदार्थ उक्त नदीमा मिसाएर प्रदूषित गरिएको भन्दै त्यसलाई स्वच्छ बनाउनुपर्ने मागसहित उनीहरू काठमाडौं आएका हुन् । माइतीघर आएर उनीहरूले धर्ना सुरु गरेका छन् । अभियन्ताले सिर्सियाको प्रदूषित पानी पनि सँगै लिएर आएका छन् ।

आफूहरूका माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने अभियन्ता भुलावनकुमार पासवानले बाह्रखरीसित बताए ।

सिर्सिया नदीको पानी केही वर्षअघिसम्म सफा र स्वच्छ थियो । त्यो पानी नुहाउन, कपडा धुन, सिँचाइ गर्न प्रयोग गरिन्थ्यो । तर, अहिले उक्त नदी पूरै प्रदूषित भएको अभियानका राष्ट्रिय संयोजन सुनील यादवले बताए ।

थप तस्बिर हेर्नोस्–

349352034_275789111638640_4587615121587657378_n1685264718.jpg

350261908_1277672686288159_5059780361008139078_n1685264715.jpg

350362736_1646109222481472_3949379537323973838_n1685264715.jpg

350235958_570422311840445_6136245873940307838_n1685264712.jpg

350368945_3508617632748335_5797896583092668317_n1685264712.jpg

350089970_215090631341762_5101185557477626218_n1685264709.jpg

350323403_276296961489887_4039289811334892210_n1685264706.jpg

349430542_990331092160929_6044178032089485969_n1685264700.jpg

349769779_1262190477739657_5636063485300003425_n1685264700.jpg

प्रकाशित मिति: आइतबार, जेठ १४, २०८०  १४:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
Hamro patroHamro patro