site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
डर्टमन्ड रोकिँदा बायर्नले लगातार ११औँपटक जित्यो बुन्डेसलिगाको उपाधि

काठमाडौं । बोरुसिया डर्टमन्ड बराबरीमा रोकिँदा जित्नैपर्ने खेलमा जमाल मुसियालाले ८९औं मिनेटमा गरेको गोल निर्णायक बनेपछि बायर्न म्युनिखले लगातार ११औँपटक जर्मन बुन्डेसलिगाको उपाधि हासिल गरेको छ ।

गएको हप्ता घरेलु मैदानमा आरबी लाइपजिगसँग ३–१ को अप्रत्यासित हार व्यहोरेपछि बायर्नलाई लिगको उपाधि जित्न आज (शनिबार) कोल्नविरुद्ध जित्नैपर्ने दबाब थियो । सँगै अर्को खेलमाा डर्टमन्डले माइन्जसँग हार वा बराबरीको नतिजाको समाना गर्नुपर्ने समीकरण थियो ।

आज डर्टमन्ड तालिकाको मध्यस्थानमा रहेको मिन्जसँग २–२ को बराबरीमा रोकियो । कोल्नलाई २–१ ले हराएपछि बायर्नले लगातार ११औँपटक उपाधि रक्षा गरेको हो ।

खेलको आठौँ मिनेटमा किंग्सले कोमनले गरेको गोलबाट बायर्नले अग्रता बनाएको थियो । ८१औँ मिनेटमा डेजान जुबिसिकले पेनाल्टीमार्फत गोल गर्दै कोल्नलाई बराबरीमा फर्काएपछि बायर्न दबाबमा आएको थियो ।

तर, खेलको निर्धारित समय सकिन एक मिनेट बाँकी रहँदा मुसियालाले सर्जी गिन्याब्रीको पासलाई सदुपयोग गर्दै गोल गरेपछि बायर्नले सनसनीपूर्ण जित निकाल्दै उपाधि रक्षा गर्‍यो ।

पहिलो हाफमा २–० ले पछि परेको अवस्थामा दोस्रो हाफमा दुई गोल फर्काए पनि जित निकाल्न नसक्दा डर्टमन्ड ११ वर्षपछि उपाधि जित्ने अवसरबाट चुक्यो ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ १३, २०८०  २२:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
प्रतिगमनको दिवास्वप्न नदेख !
प्रतिगमनको दिवास्वप्न नदेख !
Hamro patroHamro patro