काठमाडौं । नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले लोकतन्त्रका नाममा प्रेस स्वतन्त्रता र प्रेस स्वतन्त्रताको नाममा सामाजिक सञ्जाल अभद्र बन्दै गइरेहेको बताएका छन् । यसको प्रभाव कांग्रेसलाई पर्दै गएको उनको भनाइ छ ।
“प्रेस युनियनको अध्यक्ष हुन राजनीतिक आड लिन नपरोस् । व्यवसायिक दक्षताको हिसाबले अघि बढ्न सक्ने अवस्था आओस्,” उनले भने ।
अब कांग्रेसका विभाग गठन हुँदै जाने बताउँदै उनले भ्रातृ संगठन र शुभेच्छुक संस्थाको गठन हुँदै जाने बताए ।
लोकतान्त्रिक पार्टी कांग्रेसको विकल्प खोज्नेभन्दा कांग्रेसलाई सुधारेर जनताको पार्टी बनाएर लैजाने जिम्मेवारी पार्टीकै भएको उनको धारणा छ । यो जिम्मेवारी पार्टी सँगै भ्रातृ र शुभेच्छुक संगठनको पनि भएको उनको भनाइ छ ।