site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
जनमत पार्टीका दुई सांसदलाई निष्कासन गर्न केन्द्रीय समितिको सिफारिस

काठमाडौं । जनमत पार्टीको केन्द्रीय समितिको बैठकले पार्टीका दुई सांसदलाई निष्कासन गर्ने सिफारिस गरेको छ ।

आज बसेको पार्टीको केन्द्रीय समितिको बैठकले प्रतिनिधिसभाका समानुपातिक सांसद सोनु मुर्मू र विनिता सिंहलाई कारबाही गर्दै सांसद पदबाट निष्कासन गर्न सिफारिस गरेको पार्टीका प्रवक्ता चन्दन सिंहले जानकारी दिए।

Himalayan Bank
Dabur nepal
Agni Group

उनले भने, “उहाँहरू पार्टीको चेन अफ कमाण्डमा नबसेको र संसद्मा प्रभावकारी भूमिका निर्वाह नगरेका कारण कारबाहीको लागि सिफारिस गरिएको हो । अनुशासन विभागमा यो विषय राखिएको छ ।” पार्टी अध्यक्ष डा सिके राउतको नेतृत्वमा रहेको अनुशासन विभागले सो विषयमा निर्णय गर्ने पनि उनले जानकारी दिए । रासस

 

Global bank

प्रकाशित मिति: शुक्रबार, जेठ १२, २०८०  २१:२३
प्रतिक्रिया दिनुहोस्
सम्पादकीय