site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
संसद् बैठक चलाउन एमालेले अझै मानेन, अब साँझ ६ बजे बस्ने 
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेकपा (एमाले)ले अवरोध गरेपछि २० मिनेटका लागि स्थगित भएको प्रतिनिधिसभाको बैठकको समय सरेको छ ।

गएको जेठ १० गते प्रतिनिधिसभा बैठकमा माओवादीका सांसद लेखनाथ दाहालले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारले पशुपतिनाथमा पित्तलको जलहरी चढाएर भ्रष्टाचार गरेको आरोप लगाएका थिए । सोही विषयमा आरोप पुष्टि गर्न वा माफी माग्न भन्दै एमालेले विरोध गरेपछि बैठक स्थगित भएको थियो । 

उक्त बैठक बस्न नसकेपछि ३ बजे बस्ने गरी संसद् सचिवालयले सूचना जारी गरेको थियो ।

बैठकका लागि सहमति जुट्न नसकेपछि समय सारेर बेलुका ६ बजे बस्ने गरी सूचना जारी भएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ १२, २०८०  १७:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro