site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
ओली भन्छन्– शरणार्थी प्रकरणमा एमालेका मान्छेलाई मुछ्ने काम भयो

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा पार्टीसम्बद्ध व्यक्तिहरूलाई मुछ्ने काम भइरहेको बताएका छन् । 

शुक्रबार च्यासलमा पार्टीबाट निर्वाचित भएका स्थानीय तहका जनप्रतिनिधिलाई प्रशिक्षण दिँदै उनले शरणार्थी प्रकरणमा आफू नजिकको मान्छेको नाम पोल्न लगाउने काम भएको दाबी गरे । 

Himalayan Bank
Dabur nepal
Agni Group

त्यस्तै, उनले मिडियामा पहिले नै बयान आउने गरेको भन्दै मिलेमतो भएको आरोपसमेत लगाए । 

“नक्कली भुटानी शरणार्थी प्रकरणमा एमालेका खास गरी मेरा नजिकका भनिएका मान्छेलाई कसरी नाम पोल्न लगाउने ? कसरी नाम लेख्न लगाउने कसरी मुछ्न लगाउने ? र, त्यो कसरी प्रचार गर्ने ?,” ओलीले भने, “पुलिस कहाँ कसैले नाम उच्चारण गर्‍यो भने अखबारमा सँगसँगै कसरी पुग्छ ? कहिले कहिले अघिल्ला दिन अखबारमा आउँछ भोलिपल्ट बयानमा आउँछ ।”

Global bank

ओलीले नमान्दा बयान रोकेर सही गराइएको पनि दाबी गरे । ओलीले शरणार्थी प्रकरणमा एमालेमाथि बाढी खन्याइएको पनि बताए ।

“बाढी एमालेतर्फ खन्याउन खोजियो । मिडिया, समाजिक सञ्जाल, आदि इत्यादि । यो आयो भन्या छ । एमालेकाविरुद्ध हावाहुरी चलाएको छ । मानिलिउँ यो सबै एमालेले गरेजस्तो । यसमा एमाले संलग्न छैन,” ओलीको दाबी छ । 

उनले भ्रष्टाचार विरुद्ध रहेको एमालेलाई बद्नाम गर्न खोजिएको बताए । ओलीले पार्टीविरुद्ध अनेक किसिमका हमला भइरहेको बताए ।

केहीअघि आफूमाथि ढुंगा हान्दा पनि प्रहरीले नसमातेको भन्दै उनले आक्रोश व्यक्त गरे । सरकारले हिंसावादीलाई उक्साउने काम गरिरहेको दाबी ओलीको छ ।

प्रकाशित मिति: शुक्रबार, जेठ १२, २०८०  १६:४७
प्रतिक्रिया दिनुहोस्
सम्पादकीय