site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
उज्वेकिस्तानलाई हराउँदै भारत फाइनलमा

काठमाडौं । उज्वेकिस्तानविरुद्ध ३–० को सोझो सेटमा जित निकाल्दै भारत सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला भलिबल च्यालेन्ज कप–२०२३ को फाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) परिसरमा रहेको कभर्डहलमा सम्पन्न खेलमा भारतलाई दोस्रो सेटबाहेक बाँकी दुई सेटमा उज्वेकिस्तानले दबाबमा राख्न सकेन ।

Dabur Nepal
NIC Asia

भारतले पहिलो सेट २५–१७ ले जितेको थियो । दोस्रो सेट २५–२० ले आफ्नो पक्षमा पारेको भारतले तेस्रो सेटमा २५–१५ को जित निकाल्दै फाइनल यात्रा तय गर्यो । भारतले अब उपाधिका लागि नेपाल र काजकिस्तानबीचको विजेतासँग खेल्नेछ । नेपाल र काजकिस्तानबीचको खेल आजै अपरान्ह ५ बजेदेखि सुरु हुँदै छ ।

उज्वेकिस्तानले भने दोस्रो सेमिफाइनलमा हार बेहोर्ने टिमसँग तेस्रो स्थानका लागि खेल्नेछ । आठ राष्ट्रले प्रतिस्पर्धा गरिरहेको प्रतियोगिताको समूह ‘ए’मा नेपाल, कीर्गिस्तान, भारत र बंगलादेश थिए । यस्तै, समूह ‘बी’मा उज्वेकिस्तान, श्रीलंका, माल्दिभ्स र काजकिस्तान थिए ।

 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ १२, २०८०  १६:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro