site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
कांग्रेस सभापति देउवाले मीन विश्वकर्मालाई प्रवक्ता बनाउन लागेका हुन् ?
फाइल तस्बिर।
KNP NerolacKNP Nerolac
Ghorahi CementGhorahi Cement

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन सम्पन्न भएको १८ महिनापश्चात् सभापति शेरबहादुर देउवाले विभाग गठन प्रकृयालाई अगाडि बढाएका छन् । देउवाले विधानअनुसार गठन हुनुपर्ने २८ वटा विभाग गठन प्रकृया अघि बढाएका हुन् ।

कांग्रेस स्रोतका अनुसार सभापति देउवाले केन्द्रीय सदस्य मीन विश्वकर्मालाई प्रचार विभाग प्रमुख बनाउने तयारी गरेका छन् । मीनले पनि आफूले सो कुरा सुनेको बाह्रखरीलाई जानकारी दिए । यता, कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले भने कुनै तयारी भइनसकेको जानकारी दिए ।

Agni Group

“चिठी दिने र विज्ञप्ति जारी गर्ने मै हुँ । विभाग गठनको विषयमा कुनै तयारी भएको मलाई चाहिँ जानकारी आएको छैन,” उनले बाह्रखरीसँग भने ।

कांग्रेसमा प्रचार विभाग पार्टी प्रवक्ताको नेतृत्वमा रहने गर्दछ । विभाग संयोजकसहित ५१ सदस्य रहन्छ । अहिले पार्टी प्रवक्तामा अर्थमन्त्रीसमेत रहेका प्रकाशशरण महत छन् । तर, देउवाले महतलाई भन्दा पनि प्रचार विभाग विश्वकर्मालाई दिने तयारी गरेपछि प्रवक्ता परिवर्तन हुन लागेको हो भन्ने चर्चा कांग्रेसभित्र सुरू भएको छ ।

Global Ime bank

देउवा विश्वासपात्र समेत रहेका एक केन्द्रीय सदस्यका अनुसार देउवाले विश्वकर्मालाई प्रवक्ताको जिम्मेवारी दिने तयारी गरेका थिए । महत अर्थ मन्त्रालयमा व्यस्त भएको र सञ्चारमाध्यममा पनि पार्टीको प्रचारमा सुस्तता आएको भन्दै देउवाले महतको विकल्पको विषयमा पनि सामान्य छलफल गरेका थिए ।

“उहाँलाई प्रचार विभागको जिम्मेवारी दिनुको अर्थ मिले घोषित र त्यो अवस्था नआए अघोषित भए पनि प्रवक्ताको जिम्मेवारी दिने तयारीको रूपमा बुझ्नुहोस्,” ती केन्द्रीय सदस्यले बाह्रखरीसँग भने ।

कानुनी पृष्ठभूमिका विश्वकर्माले नेपाल दलित संघको केन्द्रीय अध्यक्ष, दुवै संविधानसभामा सदस्य, ०७४ सालको प्रतिनिधिसभा सदस्य तथा पार्टी केन्द्रीय सदस्य र संसदीय दलको सचेतक भएर अनुभव संगालिसकेका छन् ।

11685092805.jpg

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ १२, २०८०  १३:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
Nepal TelecomNepal Telecom
प्रतिक्रिया दिनुहोस्
NchlNchl
Shivam Cement DetailShivam Cement Detail
NepatopNepatop
CG DetailCG Detail
Maruti cementMaruti cement
सम्पादकीय
  एनसेल प्रकरणको खैलाबैला
  एनसेल प्रकरणको खैलाबैला
Corporate BaahrakhariCorporate Baahrakhari
SubisuSubisu