site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
विराटनगर महानगरको आफ्नै लोगो तयार

विराटनगर । विराटनगर महानगरपालिकाले आफ्नो पहिचान दिलाउने छुट्टै लोगो बनाएको छ । सार्वजनिक सूचना आह्वान गरेर सर्वसाधारणबाट लोगोको ‘डिजाइन’ माग गरिएको थियो । विहीबार साँझ महानगरले एक कार्यक्रम गरी प्राप्त भएका १५८ मध्ये नरकुमार श्रेष्ठले डिजाइन गरेको लोगो छनोट गरेको हो । छनोट गर्न उपमेयर शिल्पा निराला कार्कीको संयोकत्वमा चार सदस्यीय समिति गठन भएको थियो । 

श्रेष्ठले डिजाइन गरेको लोगोमा नेपालको नक्सा, विराटनगरमा भएका विभिन्न राजीनिक आन्दोलनको चित्र, विराट राजाको दरबार, राधाकृष्ण रथयात्रा, विमानस्थललगायत विराटनगरलाई चिनाउने संकेत समेटिएको छ ।

Dabur Nepal
NIC Asia

श्रेष्ठले उत्कृष्ट भएवापत नगद एक लाख रुपैयाँ पुरस्कारसमेत प्राप्त गरेका छन् । त्यस अवसरमा मेयर कोइरालाले विराटनगरले अब आफ्नै लोगो प्रचलनमा ल्याउने बताए । 

एक वर्षको अवधिमा नाला सफाइलाई गति दिइएको उनले बताए । उपमेयर कार्कीले जनताले चाहना गरेअनुरुप काम गर्न नसकेको बताइन् ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ १२, २०८०  ०८:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro