site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ओलीको आरोप : सरकारले न्यायपरिषद्मा संवैधानिक व्यवस्थाविपरीत सदस्य नियुक्त गर्‍यो

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संवैधानिक व्यवस्थाविपरीत सरकारले न्यायपरिषद्मा सदस्य नियुक्त गरेको आरोप लगाएका छन् । 

मंगलबार ललितपुरमा एमाले जनसंगठन पदाधिकारी भेलालाई सम्बोधन गर्दै ओलीले न्यायपरिषद्मा ६५ वर्षभन्दा माथिकालाई नियुक्त गर्न नपाउने व्यवस्था रहे पनि ७१ र ७७ वर्षका मान्छेलाई नियुक्त गरेको आरोप लगाए । उनले यस विषयमा संविधान र कानुनका दफा देखाएर प्रधानमन्त्रीलाई प्रश्न सोध्ने बताए । 

ओलीले यसअघि २३ महिनासम्म संवैधानिक परिषद्को बैठक बस्न नसकेको र डेढ वर्षसम्म प्रतिपक्षीसँग संवाद पनि नगरेको भन्दै अहंकार र घमण्डले देश नचल्ने जिकिर गरे । वर्तमान सरकार कुनै पनि ढंगले राष्ट्रप्रति जिम्मेवार नदेखिएको भन्दै अध्यक्ष ओलीले मुलुकमा आर्थिकलगायत विभिन्न समस्या देखिए पनि सरकार बेखबर जस्तै देखिएको तर्क गरे । 

नक्कली भुटानी शरणार्थी प्रकरणमा एमालेको कुनै संलग्नता नरहेको र नहुने भन्दै एमालेभित्र रहेर पार्टीको आदर्श र मूल्य–मान्यताविपरीतको काम गरे कारबाही गर्न अग्रसर हुने बताए । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, जेठ ९, २०८०  १६:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro