site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
एकदिवसीय विश्वकप छनोटको तालिका सार्वजनिक, नेपालले पहिलो खेल जिम्बाब्वेविरुद्ध खेल्ने
फाइल तस्बिर।
Sarbottam CementSarbottam Cement

काठमाडौं । अर्को महिनादेखि जिम्बाब्वेमा हुने एकदिवसीय विश्वकप छनोटको खेल तालिका सार्वजनिक भएको छ ।

आईसीसीले मंगलबार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’मा रहेको नेपालले जुन १८ मा घरेलु टिम जिम्बाब्वेविरुद्ध खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ ।

Prabhu Bank
Agni Group
NIC Asia

यस्तै, जुन २० मा नेपालले अमेरिकासँग, जुन २२ मा वेस्ट इन्डिजसँग र जुन २४ मा नेदरल्यान्ड्ससँग समूह चरणको अन्तिम खेल खेल्नेछ । नेपालले छनोटअघि जिम्बाब्वेमै दुई ‘वार्म अप म्याच’ पनि खेल्ने भएको छ ।

नेपालले पहिलो वार्म अप म्याचमा युनाइटेड अरब इमिरेट्स (यूएई)सँग जुन १३ मा र दोस्रो खेल जुन १५ मा ओमानविरुद्ध खेल्नेछ ।

Global Ime bank

प्रतियोगितामा कूल १० टिमले भारतमा हुने एकदिवसीय विश्वकपमा स्थान बनाउन प्रतिस्पर्धा गर्नेछन् । सहभागी १० टिमलाई दुई समूहमा विभाजन गरिएको छ ।

प्रतियोगिताको समूह ‘ए’मा नेपाल, वेस्ट इन्डिज, अमेरिका, नेदरल्यान्ड्स र जिम्बाब्वे छन् । समूह ‘बी’मा आयरल्यान्ड, ओमान, स्कटल्यान्ड, श्रीलंका र यूएई छन् । प्रत्येक समूहबाट शीर्ष तीन टिमले सुपर सिक्समा स्थान बनाउनेछन् । प्रतियोगिताबाट दुई टिमले विश्वकपमा स्थान बनाउनेछन् ।

छनोटका लागि नेपाल क्रिकेट संघ (क्यान)ले सोमबार २२ सदस्यीय टिमको घोषणा गरेको थियो ।

No description available.

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ ९, २०८०  १५:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय