site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सुनको मूल्य तोलामा ८०० ले घट्यो
फाइल तस्बिर ।

काठमाडौं । स्थानीय बजारमा मंगलबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ८०० रुपैयाँले घटेको हो ।

यस दिन छापावाल सुन प्रतितोला एक लाख नौ हजार २०० रुपैयाँमा कारोबार भएको छ । उक्त सुन सोमबार प्रतितोला एक लाख १० हजारमा कारोबार भएको थियो ।

Argakhachi Cement Island Ad

तेजाबी सुन प्रतितोला एक लाख आठ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले घटेको छ । चाँदी प्रतितोला एक हजार ३६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार चाँदी प्रतितोला एक हजार ३७५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति: मंगलबार, जेठ ९, २०८०  १२:०५
प्रतिक्रिया दिनुहोस्