site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
राष्ट्रिय सहकारी महासंघले गर्‍यो आन्दोलनका कार्यक्रम घोषणा

काठमाडौं । सहकारी ऐन र नियमावली कार्यान्वयन नभएको भन्दै राष्ट्रिय सहकारी महासंघ नेपालले विभिन्न आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

महासंघको सहकारी समस्या समाधान सहजीकरण कार्यदलले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै यही जेठ ९ गतेदेखि माग पूरा नभएसम्म आन्दोलन गर्ने जनाएको हो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उक्त दिनदेखि सबै जिल्लास्तरीय संघहरूमा ‘हामी आन्दोलनमा छौँ’ भन्ने कालो ब्यानर राख्ने, सबै सहकारी संघ–संस्थाका कर्मचारीले कालोपट्टी लगाएर दैनिक कार्यसञ्चालन गर्नेलगायत कार्यक्रम गरिने जनाइएको छ ।

राष्ट्रिय सहकारी महासंघका वरिष्ठ उपाध्यक्ष तथा सहकारी समस्या समाधान सहजीकरण कार्यदलका संयोजक ओमदेवी मल्लले सहकारी ऐन र नियमावली कार्यान्वयनका लागि धेरै मन्त्री, उपप्रधानमन्त्री तथा शीर्ष नेताहरूलाई भेट्दा पनि सुनुवाइ नभएको बताइन् । आफूहरूले पहिलोपटक शान्तिपूर्ण रूपमा आन्दोलन गर्न लागेको स्पष्ट उनले स्पष्ट पारिन् ।

सो महासंघका अनुसार नेपालमा ३० हजारभन्दा बढी सहकारी संघ–संस्थामार्फत सात खर्ब रुपैयाँभन्दा बढी पुँजी परिचालन भएको छ । सहकारी क्षेत्रले वित्तीय क्षेत्रमा १७ प्रतिशत योगदान पुर्‍याएको सहकारी महासंघको दाबी छ ।

प्रकाशित मिति: सोमबार, जेठ ८, २०८०  १४:१६
प्रतिक्रिया दिनुहोस्