site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
आईपीएलमा गुजरातले बेंग्लोरलाई हराउँदा मुम्बई प्लेअफमा 

काठमाडौं । साविक विजेता गुजरात टाइटन्स लिगको शीर्ष स्थानमा रहँदै इन्डियन प्रिमियर लिग (आईपीएल)को प्लेअफमा प्रवेश गरेको छ । आइतबार राति भएको खेलमा रोयल च्यालेन्जर्स बेंग्लोरविरुद्ध ७ विकेटको जित निकाल्दै गुजरात टेबल ‘टपर’ को बनेको हो । गुजरातसँगको हारले बेंग्लोरको यात्रा लिग चरणमै समाप्त भएको छ ।

गुजरातले बेंग्लोरलाई हराउँदा मुम्बई इन्डियन्सले प्लेअफमा स्थान पक्का गरेको छ । योसँगै आईपीएलमा प्लेअफ खेल्ने चारै टिमको टुंगो लागेको छ । गुजरात शीर्ष स्थानमा रहँदा चेन्नाई सुपर किंग्स दोस्रो, लखनउ सुपर जायन्ट्स तेस्रो र मुम्बई चौथो स्थानमा रहँदै प्लेअफमा प्रवेश गरे ।

बेंग्लोरमा भएको खेलमा बेंग्लोरले प्रस्तुत गरेको १९८ रनको लक्ष्य गुजरातले १९.१ ओभरमा चार विकेट गुमाएर भेट्टायो ।

Dabur Nepal
NIC Asia

गुजरातको जितमा शुभमन गिलले १०४ रन बनाए । गिलले ५२ बलमा पाँच चौका र आठ छक्का प्रहार गरे । विजय शंकरले ५३ र रिद्दिमान साहले १२ रन थपे ।

बेंग्लोरका मोहम्मद सिराजले दुई विकेट लिए । विजयकुमार व्यास्क र हर्सल पटेलले समान एक विकेट लिए ।

त्यसअघि, विराट कोहलीले शतक प्रहार गरेपछि बेंग्लोरले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १९७ रन बनाएको थियो ।

कोहलीले १०१ रन बनाए । उनले ६१ बलमा १३ चौका र दुई छक्का प्रहार गरे । आईपीएलको इतिहासमा दोस्रोपटक एकै खेलमा दुवै टिमका ब्याटरले शतक प्रहार गरेका हुन् ।

कप्तान फाफ डु प्लेसिसले २८, मिचेल ब्रासवेलले २६, अनुज राउतले २३ र ग्लेन म्याक्सवेलले ११ रन बनाए ।

गुजरातका नुर अहमेदले दुई विकेट लिए । राशिद खान, यश दयाल र मोहम्मद सामीले एक/एक विकेट लिए ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ ८, २०८०  ०९:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro