site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘बेरुजु लेखापरीक्षकले निकाल्ने काम हो भन्ने रुपमा मात्रै हेर्न थालियो’
Tiktok banner adTiktok banner ad

काठमाडौं । महालेखापरीक्षक टंकमणि शर्मा दंगालले बेरुजु लेखापरीक्षकले निकाल्ने काम हो भन्ने रुपमा मात्रै लिन थालिएको बताएका छन् । 

आइतबार बसेको लेखा समितिको बैठकमा बोल्दै महालेखापरीक्षक शर्माले पछिल्लो समय कुनै पनि निकायले बेरुजु फस्र्यौट गर्नुपर्छ भन्नेभन्दा पनि लेखापरीक्षकको काम भएको भन्ने रुपमा लिन लागिएको भन्दै गुनासो गरे । 

लेखापरीक्षकको कार्यालयले देखाएको बेरुजुका विषयमा आगामी दिनमा बेरुजु हुन नदिनेभन्दा पनि बेरुजु फस्र्यौटको विषयलाई प्राथमिकतामा लिन छोडिएको उनले बताए । बेरुजु फस्र्यौटको वैज्ञानिक उपाय एक वर्षमा उठेको बेरुजु त्यही वर्षमा खर्च गर्नु रहेको उनले बताए । 

महालेखापरीक्षक शर्माले जनप्रतिनिधिहरुलाई बदनाम गर्ने गरी बेरुजु देखाउन लेखापरीक्षकहरुलाई नैतिक, वैधाननिक र व्यवहारिक रुपमा पनि नदिने बताए । लेखापरीक्षकहरुले अहिलेसम्म त्यस्तो काम नगरेको बताउँदै उनले जिम्मेवार व्यक्तिले मेरो लेखापरीक्षकले यस्तो ग¥यो भनेर राजनीतिक तहले बढवा दिनेभन्दा पनि त्यस्तो कामको निषेध गर्न आवश्यक रहेको बताए । 

उनले सार्वजनिक संस्थानहरुमा राजनीतिक नियुक्ति गर्दा विगतको कार्यसम्पादन हेरेर गर्न आवश्यक रहेको बताए । राजनीतिक नियुक्तिहरुमा तुलना गरेर बेरुजु बढी राख्ने र आर्थिक हिनामिना गर्नेहरुलाई कारबाही गर्न आवश्यक रहेको पनि उनको भनाइ छ । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ ७, २०८०  १४:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro