site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सरकारले उखुलाई नगदेबालीबाट उधारो बाली बनाइदियो : अमरेश सिंह
फाइल तस्बिर।

काठमाडौं । सांसद डा. अमरेशकुमार सिंहले सरकारले उखु किसानको भुक्तानीलाई समाधान नै नहुने समस्याका रुपमा स्थापित गरिदिएको आरोप लगाएका छन् । 

उनले सरकारले आफैले गरेका निर्णय कार्यान्वयन नगर्ने र किसानका समस्यालाई समस्याकै रुपमा नलिने गर्दा उखु किसानहरु निराश बनेको बताए ।

Argakhachi Cement Island Ad

“हामीले बच्चादेखि पढ्दै आएका थियौ कि उखु नगदेबाली हो,” प्रतिनिधिसभाको आइतबारको बैठकको शून्य समयमा बोल्दै सिंहले भने, “तर, पछिल्लो समय सरकारले उखुलाई उधारो बाली बनाइदियो ।”

उनले उखु किसानले बाली लगाउने समय आएको भन्दै बिनापैसा कसरी बाली लगाउने भनेर प्रश्न गरे ।

“आगामी असार साउनमा किसानले बाली लगाउनुपर्छ । पैसा नै नभएपछि कसरी बाली लगाउने ?,” सरकारलाई प्रश्न गर्दै सिंहले भने, “उखु किसानको समस्या तत्काल समाधान होस् ।”

प्रकाशित मिति: आइतबार, जेठ ७, २०८०  ११:४४
प्रतिक्रिया दिनुहोस्