site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
संविधानको पुनर्मूल्यांकन गर्ने बेला भएको छैन : प्रथम राष्ट्रपति यादव
फाइल तस्बिर
Dabur Nepal
NIC Asia

काठमाडौं । नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले संविधानको पुनर्मूल्यांकन गर्ने बेला नभएको बताएका छन् । शुक्रबार काठमाडौंमा वरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवालीद्वारा लिखित पुस्तक नेपालको संविधानको व्याख्या भाग १ र २ को विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले नै संविधानको पुनर्मूल्यांकनको बेला नभएको बताएका हुन् । 

उनले अहिले पूर्णरूपमा संविधान लागु गरेर जाने समय रहेको बताए । वर्तमान संविधानको कार्यान्वयन सही ढंगबाट गर्न बाँकी नै रहेको उनको भनाइ छ । प्रथम राष्ट्रपति यादवले वर्तमान संविधानलाई संरक्षण गरेर लैजान नसके देशलाई सम्हाल्न गाह्रो हुने दाबी गरे । 

उनले भूराजनीतिक, अन्तर्राष्ट्रिय परिप्रेक्ष्य, लोकतान्त्रिक व्यवस्था र कानुनको शासनलाई सोचेर नै संविधान बनाइएको भन्दै यसलाई पूर्ण कार्यान्वयन गर्न जरुरी रहेको उल्लेख गरे ।
 
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ ६, २०८०  ११:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro