देश
काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को उपकुलपतिमा डा. भूपेन्द्रकुमार बस्नेत नियुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले बुधबार बस्नेतलाई उपकुलपतिमा नियुक्त गरेका हुन् ।
डा. डीएन शाहको चारवर्षे कार्यकाल ०७९ फागुन ३० गते सकिएसँगै न्याम्समा उपकुलपतिको पद रिक्त थियो ।
यसअघि दुईपटक वीर अस्पतालको निर्देशकको जिम्मेवारी सम्हालिसकेका डा. बस्नेतलाई सोही रिक्त पदमा नियुक्त गरिएको हो ।
प्रकाशित मिति: बुधबार, जेठ ३, २०८० १५:४०
प्रतिक्रिया दिनुहोस्